मुलुकलाई निकास दिन निर्वाचन नै आवश्यकः रावल
काठमाडौः नेकपा (एमालें)का उपाध्यक्ष भीमबहादुर रावलले सरकार मुलुकप्रति जिम्मेवार भए तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।
रिपोर्टस् क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले मुलुकलाई निकास दिन निर्वाचन नै आवश्यक भएको बताए ।
उनले भने, ‘सरकारले निर्वाचनको मिति घोषणा गर्छ भने नेकपा (एमाले) पूर्णरुपमा सहयोग गर्न तयार छ ।'
उपाध्यक्ष रावलले ९० प्रतिशत जनताको हस्ताक्षरमा निर्माण भएको संविधान तत्काल संशोधनको आवश्यकता नरहेको उल्लेख गरे। उनले निर्वाचनका लागि संविधान संशोधन आवश्यक नभएको पनि स्पष्ट पारे ।