'संशोधनबिना चुनावको कल्पना नगरे हुन्छ'
धनुषाः सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनबिना सरकारले चुनाव गराउन खोजे आफूहरुलाई मान्य नहुने बताएका छन् ।
जनकपुर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले मधेसी जनताले संविधानको विरोध गरेको बेलामा चुनाव गराउन खोजे निर्वाचनमा सहभागी नहुने जिकिर गरे ।
उनले भने– ‘संविधान संशोधनबिना चुनावको कल्पना नगरे पनि हुन्छ । रासस