ट्रम्पको जितपछि मन्त्रीकै घरमा त्रास

ट्रम्पको जितपछि मन्त्रीकै घरमा त्रास

वासिङटनः अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएपछि आप्रवासीमा त्रास फैलिएको बताउँदै आफूले पनि आफ्नो घरमा यो समस्या भोग्नुपरेको भारतीय मूलकी सहायक विदेशमन्त्री निशा देसाई बिस्वालले बताएकी छन् ।

विस्वाल बाराक ओबामाको शासनकालमा दक्षिण एवं मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री हुन् । घरमा आफ्ना छोराहरूले अब हामी अमेरिका छोडेर फर्कनुपर्छ भनेर सन्त्रस्त हुने गरेको खुलासा गरेकी छन् । उनले भनिन्, ‘देशभर थुप्रै समुदायमा बेचैन बढेको छ । आप्रवासी, अल्पसंख्यक र कमजोर समुदाय, न्यून आय भएका र भिन्न धर्मप्रति आस्था राख्ने व्यक्तिहरू निराश छन् ।' आफूले पनि यस्तो त्रास घरभित्रका सदस्यले महसुस गरेको उनले बताइन् ।

निशाले भनिन्, ‘मेरा सात र नौ वर्षका छोराहरूले आप्रवासी भएका कारण हामीले अमेरिका छोड्नुपर्छ भनेर सोधिरहन्छन् । मैले हामी अमेरिकी नागरिक भएकाले यहाँ बस्न पाउने अधिकार छ र यो हाम्रो कर्तव्य पनि हो ।' उनीहरूलाई सम्झाउन आफूले निकै मेहनत गर्नुपरेको उनले बताएन् ।

निशाले यस्तो त्रास फैलनु नराम्रो भएको धारणा राखिन् । नयाँ सरकारले हामीलाई महत्व दिँदैन अधिकारको सम्मान गर्दैन र अवसर दिनेछैन छैन भन्ने त्रास बोक्नु दुःखद हुने उनले बताइन् । आगामी प्रशासनले अमेरिकामा भएका सबैलाई ढुक्क हुन आग्रह गर्नुपर्नेमा जोड दिइन् । नयाँ प्रशासनमा आउने व्यक्तिले अमेरिकी मूल्य मान्यतामा जोड दिनुपर्ने उनको भनाइ थियो । चुनावका बेला देखिएको भाषणबाजीले समाजमा भय उत्पन्न गरेको र यसलाई हटाउन काम गर्नुपर्ने उनको धारणा छ ।

ट्रम्पको विरोधमा आत्मदाह

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ ग्रहण लिने भएपछि त्यसको विरोधमा एक व्यक्तिले ट्रम्प इन्टरन्यासनल होटेलका अगाडि आत दाह गरेका छन् ।

पेन्सिल्भानिया एभेन्युमा ट्रम्पको होटेलअगाडि विरोध गरिरहेका कैयौं व्यक्तिले आगो लगाएका थिए । त्यसै बेला एकजना व्यक्तिले आफैंमाथि आगो लगाउन सुरु गरेका थिए । त्यहाँ रहेको भीडले उनलाई नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएका थिए । हाल अस्पतालमा उनको उपचार भइरहेको छ । उक्त घटना ह्वाइट हाउसको केही दूरीमा भएको थियो ।

आत्मदाह गर्ने व्यक्तिले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘मैले विरोध प्रदर्शनका क्रममा आत्मदाह गरेर आफैंलाई जलाउन चाहन्थेँ । हाम्रो देशको संविधानको सम्मान नगर्ने व्यक्तिलाई राष्ट्रपति बनाउँदै छौं ।' यस्तो व्यक्तिलाई राष्ट्रपति मान्नुभन्दा आत्मदाह गरेर मर्नु उचित भएको उनको भनाइ थियो । आत्म दाह गर्ने व्यक्ति क्यालिफोर्निया निवासी भएको जानकारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.