भारतीय प्रधानमन्त्री घूसखोरी भएको आरोप
एजेन्सीः दिल्लीका मुख्य मन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई घूसखोरी भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा केजरीवालले प्रधानमन्त्रीलाई आफू घूस खाएर हामीमाथि केस गर भनेका छन् ।
केजरीवालले गरेको ट्वीट ।
वाह रे मोदी जी। रिश्वत खाओ ख़ुद और केस करो हम पे। चोरी और सीनाज़ोरी https://t.co/AONp0JhYAU
— Arvind Kejriwal (@ArvindKejriwal) January 18, 2017
भर्खरै दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया विरुद्ध सीबीआईले प्राथमिक जाँच सुरु गरेको छ । मनीष सिसोदियाले पनि ट्वीट गर्दै मोदीलाई स्वागत गरेर मैदानमा आउन आग्रह गरेका छन् ।
स्वागत है मोदी जी! आइए मैदान में। कल सुबह आपकी सीबीआई का अपने घर और दफ्तर में इंतज़ार करूँगा। देखते हैं कितना ज़ोर है आपके बाजुए कातिल में। https://t.co/EZmXUR9p9c
— Manish Sisodia (@msisodia) January 18, 2017