नेपाल बैंकको हकप्रद सेयर

 नेपाल बैंकको हकप्रद सेयर

काठमाडौः नेपाल बैंक लिमिटेडले २३ दशमलव ७४ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकको ५६ औं वार्षिक साधारणसभाबाट पारित भएबमोजिम बैंकले आफ्ना सेयरधनीलाई १० बराबर २.३७४ अर्थात् १०० कित्ता सेयर बराबर २३ दशमलव ७४ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

उक्त हकप्रद सेयर निष्कासनका लागि बैंकले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद सेयर निष्कासन बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बुधबार बैंक र क्यापिटल मार्केटबीच उक्त सम्झौता भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा सिभिल क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले हस्ताक्षर गरेका छन् । नेपाल बैंक लिमिटेडले प्रतिसेयर सय रुपैयाँका दरले एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ५० करोड रहेको छ भने हकप्रद सेयर निष्कासनपश्चात बैंकको कुल चुक्ता पुँजी आठ अर्ब चार करोड हुने बैंकले जनाएको छ । हाल चुक्ता पुँजीको ६२.२१ प्रतिशत सेयर स्वामित्व नेपाल सरकारको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ । बैंकले एक सय ३० वटा शाखामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.