१३ गतेबाट सुविसु क्यान इन्फोटेक

१३ गतेबाट सुविसु क्यान इन्फोटेक

काठमाडौः क्यान महासंघको आयोजनामा यही माघ १३ गतेदेखि ‘सुविसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ सामसुङ’ आयोजना हुने भएको छ ।

मेला माघ १३ गतेदेखि १८ गतेसम्म काठमाडौं भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुनेछ । ६ दिनसम्म सञ्चालन हुने यस मेलामा विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिका बारेमा जानकारी प्रदान गरिने आयोजकले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धित कम्पनीको सहभागितामा मेलाले नेपाली सूचना प्रविधि क्षेत्रको विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको क्यान महासंघका अध्यक्ष विनोद ढकाल बताउँछन् ।

उनकाअनुसार मेलाले व्यवसायीलाई व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई नौलो प्रविधिको प्रदर्शनी गर्ने मौकासमेत प्रदान गर्नेछ । साथै अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

मेलामा मुख्य प्रदर्शनी हलभित्र ४९ ठूला र हलबाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष, ट्रसमा एक सय ४४, ओपन स्पेस १४ र फुड स्टल १० गरी जम्मा दुई सय २२ स्टलमा हार्डवेयर, सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनका स्टल रहनेछन् ।

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धन गर्न आवश्यक रणनीतिसहित सार्थक अन्तर्त्रिया गर्ने उद्देश्यले माघ १६ र १७ गते सुविसु क्यान आईसीटी कन्फरेन्स २०१७ आयोजना हुने आयोजकले जनाएको छ । कन्फरेन्स सोल्टी क्राउन प्लाजामा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.