सामसुङको सी ९ प्रो सार्वजनिक

सामसुङको सी ९ प्रो सार्वजनिक

काठमाडौः सामसुङको नयाँ स्मार्टफोन सी ९ प्रो बुधबार भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले आफ्नो नयाँ उत्पादनस्वरूप ग्यालेक्सी सी ९ प्रो भारतीय बजारमा सार्वजनिक गरेको हो । यो समार्टफोन गत अक्टोबरमा चीनमा सार्वजनिक भइसकेको थियो ।

कम्पनीकाअनुसार यो स्मार्टफोन ग्यालेक्सी ए ९ प्रोभन्दा डिजाइनमा आकर्षक र प्रविधिमा पनि उत्कृष्ट रहेको छ । भारतमा सार्वजनिक भएसँगै कम्पनीले यस फोनलाई चाडै नै नेपालमा पनि सार्वजनिक गर्ने बताएको छ । कम्पनीकाअनुसार यो स्मार्टफोन नेपालमा यही फेबु्रअरीको अन्त्यसम्ममा सार्वजनिक हुन सक्नेछ । तर यो स्मार्टफोनको अग्रिम बुकिङ भने फेबु्रअरीको मध्यतिरबाटै सुरुहुने कम्पनीले जनाएको छ ।

प्रविधि र बनावट उत्कृष्ट भएको सी ९ प्रो ६ इन्चको सुपर एमलोड डिस्प्लेकासाथ बजारमा अएको छ । क्वालकम स्न्यापड्रयागन ६५३ चिपसेटमा आधारित स्मार्टफोनमा एन्ड्रोएड ६.०.१ मार्समलो अपरेटिङ सिस्टम रहेको छ ।

अक्टाकोर प्रोसेसरका साथै यो स्मार्टफोनमा ६ जीबी र्‍याम र ६४ जीबी रोम रहेको छ । माइक्रोएसडी कार्ड प्रयोग गरी यसको मेमोरी क्षमता दुई सय ५६ जीबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।

नेपाली बजार मूल्य ६० हजारको हाराहारीमा रहने अनुमान गरिएको यो स्मार्टफोनमा डुअल एलईडी फ्ल्याससहित १६ मेगापिक्सेलको मुख्य क्यामरा र १६ मेगापिक्सेलकै रिएर क्यामरा राखिएको छ ।

कम्पनीकाअनुसार क्यामरामा सौखिनका लागि यो फोन बढी प्रवाभकारी हुनेछ । चार हजार एमएएच ब्याट्री क्षमता रहेको यो स्मार्टफोन ब्ल्याक, गोल्ड, रोज गोल्डमा उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.