ट्रकले स्कुल बसलाई ठक्कर दिँदा १० विद्यार्थीको मृत्यु
काठमाडौं : भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा १० बालबालिकाको मृत्यु भएको छ । एक ट्रकले स्कुल बसलाई ठक्कर दिँदा बसमा सवार १० विद्यार्थीको मृत्यु भएको बिबिसीले जनाएको छ ।
दुर्घटनामा परी अन्य २२ विद्यार्थी गम्भीर घाइते भएका छन् । घाइते विद्यार्थीको स्थानीय सैफइ मेडिकल कलेजमा उपचार भइरहेको छ। बसमा सवार विद्यार्थीको उमेर चारदेखि ११ वर्षसम्म रहेको समाचारमा जनाइएको छ ।
स्थानीय प्रहरी अधिकारीले मृतकको संख्या बढ्ने अनुमान गरेका छन् । प्रहरीले ४५ बढी विद्यार्थी घाइते भएको बताएको छ ।