रियल मड्रिडलाई उछिन्दै म्यानचेस्टर युनाइटेड बन्यो विश्वकै धनी क्लब

रियल मड्रिडलाई उछिन्दै म्यानचेस्टर युनाइटेड बन्यो विश्वकै धनी क्लब

काठमाडौंः स्पेनिस क्लब रियल मड्रिडलाई उछिन्दै इंग्लिस प्रिमियर लिग क्बल म्यानचेस्टर युनाइटेड विश्वकै सबैभन्दा बढी कमाइ गर्ने क्लब बनेको छ।

पछिल्लो ११ वर्षदेखि विश्वकै धनी क्लबका रुपमा रहेको रियल मड्रिडलाई गएको सिजन (२०१५–१६) मा विश्वकै सवैभन्दा बढी कमाइ गर्ने क्लब बनेको हो। विश्वकै धनी क्लब बनेको म्यानचेस्टर युनाइटेडले गत सिजनमा ६ सय ८९ मिलियन युरो कमाइ गरेको छ। म्यानचेस्टर युनाइटेड सन् २००३–०४ पछि पहिलो पटक विश्वकै धनी क्लब बनेको हो।

डेलोइट्टेले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार गत सिजन बढी आम्दानी गर्ने क्लबको सूचीमा स्पेनिस क्लब बार्सिलोना रहेको छ। उसले गत सिजन ६२० दशमलव २ मिलियन युरो आम्दानी गरेको उल्लेख छ। यस्तै ११ वर्षदेखि सवैभन्दा बढी कमाइ गर्ने क्लब रियल मड्रिड दुई स्थान तल झरेको छ। रियल मड्रिडले गत सिजन ६२० दशमलव १ मिलियन युरो कमाइ गरेको छ।

यस्तै सर्वाधिक कमाइ गर्ने क्लबको सूचीमा चौथो नम्बरमा रहेको जर्मन क्लब वार्यन म्युनिखले गत सिजन ५ सय ९२ मिलियन युरो आम्दानी गरेको छ भने पाँचौ स्थानमा रहेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले ५ सय २४ दशमलव ९ मिलियन युरो कमाइ गरेको प्रतिवेदनमा उल्लेख छ।

छैठौं स्थानमा रहेको फ्रान्सेली क्लब पीएसजीले गत सिजन ५ सय २० दशमलव ९ मिलियन युरो कमाइ गर्दा सातौं स्थानमा रहेको इंग्लिस क्लब आर्सनलले ४ सय ६८ दशमलव ५ मिलियन युरो कमाइ गरेको छ।

यस्तै ४ सय ४७ दशमलव ४ मिलियन युरोका साथ चेल्सी आठौं स्थानमा रहेको छ भने ४ सय ३ दशमलव ८ मिलियन युरो कमाइ गरेकोे लिभरपुल नवौं स्थानमा रहेको छ। युभेन्ट्स भने ३ सय ४१ दशमलव १ मिलियन युरो कमाइ गर्दै दशौं स्थानमा रहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.