टाटाको ‘विन्टर अन फाएर’ योजना
काठमाडौं : टाटा मोटर्स् लिमिटेड र नेपालको लागि टाटा पेसेन्जर भेहिकलको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंङ प्रालिले ‘विन्टर अन फाएर’ योजना सार्वजनि गरेको छ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत टाटाको जेस्ट, बोल्ट र स्ट्रोम गाडीको खरिदमा ग्राहकले नगद चार लाखसम्म छुट र चार वर्ष सम्मको वारेन्टी प्राप्त गर्न सक्नेछन्।
कम्प्याक्ट सेडान गाडी मध्ये अग्रणी स्थानमा रहेको टाटा जेस्ट आफ्ना अधिुनिक विशेषता मल्टी ड्राएभ मोड, भ्वाइस रिअर्गनाइजेशन सिस्टम, हार्मनको इन्फोटेन्मेन्ट सिस्टम लगायत थुप्रै फिर्चसका कारण यो सेग्मेन्टमै पहिलो नम्बरमा रहेको कम्पनीले जनाएको छ।
बोल्ट नेपालको पहिलो मल्टी ड्राएभ मोड भएको ह्याचब्याक गाडी हो भने स्ट्रोम एसयुभी सेग्मेन्टको एक सय ५६ पीएस पावर भएको र चार सय एनएम टर्क भएको एकदमै सशक्त गाडी भएको कम्पनीले दावी गरेको छ।
यो योजना सीमित अवधिका लागि मात्र लागु हुने भएकाले गाडी किन्ने सोच बनाई रहेका ग्राहकको लागि बढी प्रभावकारी हुने कम्पनीले जनाएको छ ।