इन्टरपोल सम्मेलनमा अलकायदा बारे छलफल

इन्टरपोल सम्मेलनमा अलकायदा बारे छलफल

काठमाडौं: अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को २३ औं एसिया क्षेत्रीय सम्मेलनको दोस्रो दिन बिहीबार भारत, चीन, बंगलादेश, बहराइनलगायत २५ वटा राष्ट्रले कार्यपत्र प्रस्तुत गरेका छन् ।

विशेषगरी साइबर अपराध, बैंक ठगी, म्याच फिक्सिङ, लागूपदार्थ ओसारपसार र संगठित अपराधको विषयलाई लिएर इन्टरपोलका कन्ट्री डाइरेक्टरहरूले कार्यपत्र पेस गरेका हुन् । सम्मेलनमा नेपालका तर्फबाट डीआईजी नवराज सिलवालले वन्यजन्तु चोरीसिकारीका विषयमा कार्यपत्र पेस गरेका थिए ।

सम्मेलनका एक सहभागीका अनुसार बंगलादेशले बैंक ठगी, इन्डोनेसियाले डिजिटल क्राइम, बहराइनले साइबर अपराध, चीनले एम्फेटामाइन र मेथाफेटामाइनको कारोबार, यूएनओडीसीले प्रिकर्सर ड्रग, हङकङले म्याचफिक्सिङ र संगठित अपराधबारे कार्यपत्र प्रस्तुत गरेका थिए । भारतले भने वन्यजन्तु चोरीसिकारीबारे कार्यपत्र प्रस्तुत गरेको थियो ।

सम्मेलनमा कार्यपत्र प्रस्तुतिसँगै अन्तरक्रिया भएको थियो । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख एआईजी विज्ञानराज शर्माले खाडी मुलुकका प्रहरी संगठनको भूमिकाका विषयमा समेत छलफल भएको बताए । उनका अनुसार सम्मेलनमा संगठित अपराधमा देखिएका चुनौती र साइबर सेक्युरिटीका विषयमा समेत गहन छलफल भएको थियो ।

'डिजिटलमार्फत अपराधीले अपनाउँदै आएका नयाँ तौरतरिका र यसलाई नियन्त्रण गर्न साइबर सेक्युरिटीका एप बनाएर इन्टरपोलसँग जोड्न सकिनेलगायत विषयमा छलफल भयो', एआईजी शर्माले भने, 'अन्तरदेशीय अपराध, सीमा सुरक्षा र आतंकवादका विषयमा गहन छलफल भयो । आआफ्नो मुलुकले कुरा राखेपछि अन्तरक्रिया गरियो ।'

बुधबारबाट सुरु भएको सम्मेलन शुक्रबार समापन हुँदैछ । सम्मेलनमा ३३ भन्दा बढी राष्ट्रका एक सय ३२ प्रतिनिधि र इन्टरपोलका अध्यक्ष म्याङ होङ्उई सहभागी छन् । उनी अध्यक्ष भएपछि पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल आएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.