एरोबिक डान्सका गुरु

एरोबिक डान्सका गुरु

काठमाडौं: चर्चा नभए पनि नयन डीसी व्यस्त कलाकार हुन् । पुस महिनामा मात्रै उनले अभिनय गरेका आधा दर्जन म्युजिक भिडियो छायांकन भएका छन् । अंग्रेजी नयाँ वर्षभरिका लागि उनी 'प्याक' छन् । निर्देशक तथा निर्मातासँग उनले दर्जनौं गीतको भिडियोका लागि समय बेचिसकेका छन् ।

तीन दर्जनभन्दा बढी नेपाली गीतमा मोडलिङको अनुभव बटुलेका मोडेल डीसीलाई निर्देशन क्षेत्रमा क्रियाशील हुने इच्छा नभएको होइन । धेरैको रोजाइ भने उनलाई मोडलकै रूपमा देख्न चाहनेछ । 'सुरुसुरुमा निकै भौतारिएँ, निर्देशकले पत्याएनन्', उनले भने, 'तर अब मेरो प्रस्तुतिले धेरैलाई आकर्षित गरिसकेको जस्तो लाग्छ ।'

उनलाई एरोबिक प्रशिक्षकका रूपमा चिन्नेहरू पनि धेरै छन् । सामान्य कक्षा लिएपछि आफैं अभ्यास गरेर एरोबिक प्रशिक्षकका रूपमा दरिएका डीसी यतिबेला पहिले एरोबिक त्यसपछि मोडलिङ क्षेत्रलाई समय दिन थालेको बताउँछन् । 'मोडलिङ गरेरमात्रै जीवन धान्न कठिन छ, त्यसैले एरोबिक डान्सर र प्रशिक्षकका रूपमा स्थापित गर्दैछु' उनले योजना सुनाए ।

बिहान ५ बजे एरोबिक डान्सको प्रशिक्षकका रूपमा डान्स सेन्टरमा पुगिसक्ने उनी शारीरिक रूपमा तन्दुरुस्त बन्न इच्छुक सयौं मानिसलाई नियमित व्यायाम गराउँदै गर्दा अर्को चर्चा बटुलेका छन् । हल्का खाना खान सुझाउने उनी आफू पनि शरीरलाई फिटनेस राख्न रुचाउँछन् । करिब एक दशकदेखि कलाकारितामा सक्रिय डीसी पछिल्लो समय नेपाली चलचित्र, लोकदोहोरी, तीज, भूकम्प विशेष, आधुनिकजस्ता ३५ भन्दा बढी गीतमा मोडेलको रूपमा देखिएका छन् । दाङमा जन्मिएका डीसी पैसाभन्दा मान र सम्मानका लागि कलाकारिता रोजेको बताउँछन् ।

'पाथी भरेसी', 'रातो सारी सितारा टल्केको', 'घरछेउमा फुल्यो पारिजात', 'झल्को आउँछ', 'छोडेर गयौ'लगायतका डीसीका सुरुवातीका गीत हुन् । पछिल्लो समयका उनी अभिनीत अधिकांश गीतहरू युट्युबमा हिट भएका छन् ।

गायक भद्र ओलीको स्वर र भुवन स्याङ्बो तामाङको निर्देशन रहेको 'छोडेर गयौं', 'ए भगवान्', उदय सोताङको 'आएँ जब', 'तिम्रो मनको' गायक चिरञ्जीवी भण्डारीको 'कति राम्री परी जस्ती', 'मुसुक्क के हाँसेको थिएँ' लगायतले उनलाई गएको वर्ष निकै चर्चामा ल्यायो । फरकफरक विधाका गीतमा मोडलिङको अनुभव सँगालेका डीसीलाई अधिकांश गीतमा निर्देशक भुवन स्याङ्बो तामाङ साथ दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.