हार्टनको आउटलेट मैतीदेवीमा
काठमाडौः काठमाडौंको मध्यवानेश्वरमा मीठो परिकार पस्कँदै आएको हार्टन क्याफेले शाखा विस्तार गरेको छ । खानाको दुनियाँमा शान्त र घरायसी वातावरणसहित हाइजेनिक र ताजापन पस्कँदै आएको हार्टन क्याफेले काठमाडौंको मैतीदेवीमा विट्सी क्याफेका नाममा आउलेट स्थापना गरेको हो ।
मैतीदेवी, घट्टेकुलो, ज्ञानेश्वका सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरेर विट्सी स्थापना गरिएको हार्टन क्याफेका सञ्चालक मुकुन्द विष्टले बताए । बुधबारदेखि सञ्चालनमा आएको विट्सीमा अत्याधुनिक खानाका परिकार सुलभ मुल्यमा पस्कने सञ्चालक विष्टले बताए ।
आवसीय क्षेत्र भएकाले यस शाखाबाट होम डेलीभरीको सेवासमेत सञ्चालन गरिने छ । यहाँ पाइने परिकार हार्टनकै स्वाद र शैलीको हुनेछ । सम्पूर्ण परिकार हार्टनले नै तयार पार्ने सञ्चालक विष्टले जानकारी दिए ।