टाटाको ‘विन्टर अन फाएर’ योजना
काठमाडौः टाटा मोटर्स लिमिटेड र नेपालका लागि टाटा पेसेन्जर भेहिकलको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘विन्टर अन फाएर’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीकाअनुसार यस योजनाअन्तर्गत टाटाको जेस्ट, बोल्ट र स्ट्रोम गाडीको खरिदमा ग्राहकले नगद चार लाखसम्म छुट र चार वर्षसम्मको वारेन्टी प्राप्त गर्न सक्नेछन् ।
कम्प्याक्ट सेडान गाडीमध्ये अग्रणी स्थानमा रहेको टाटा जेस्ट आफ्ना आधुनिक विशेषता मल्टी ड्राएभ मोड, भ्वाइस रिअर्गनाइजेसन सिस्टम, हार्मनको इन्फोटेन्मेन्ट सिस्टमलगायत थुप्रै फिचर्सका कारण यो सेग्मेन्टमै पहिलो नम्बरमा रहेको कम्पनीले जनाएको छ ।
बोल्ट नेपालको पहिलो मल्टी ड्राइभ मोड भएको ह्याचब्याक गाडी हो भने स्ट्रोम एसयूभी सेग्मेन्टको एक सय ५६ पीएस पावर भएको र चार सय एनएम टर्क भएको सशक्त गाडी भएको कम्पनीले दाबी गरेको छ ।
यो योजना सीमित अवधिका लागि मात्र लागू हुने भएकाले गाडी किन्ने सोच बनाइरहेका ग्राहकका लागि बढी प्रभावकारी हुने कम्पनीले जनाएको छ । ग्राहकले टाटाको नजिकैको सोरुममा गएर यही मौकामा गाडी खरिद गर्न र यो विन्टरमा न्यानो अनुभूति गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।