यसरी दुई वटा बाइबल छोएर सपथ लिँदै छन् ट्रम्प
वासिङटनः अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार क्रिस्चियन धर्मावलम्बीका २ वटा बाइबल छुँदै शपथ ग्रहण लिने भएका छन् ।
एउटा बाइबल अब्राहम लिङ्कनले राष्ट्रपति पदको शपथ ग्रहण लिँदा लिएका थिए भने अर्को ट्रम्पले बाल्यकालमा पढेका थिए । उक्त बाइबल यह बाइबल सन् १९५५ को जुनमा उनकी आमाले दिएकी थिइन् ।
अमेरिकाका मुख्य न्यायाधीश जोन रोबर्टस्ले ट्रम्पलाई शपथ गराउनेछन् । राष्ट्रपतिको शपथ ग्रहण समितिले उक्त जानकारी दिएको छ । समितिका प्रमुख टम बाराकले भने, ‘डोनाल्ड ट्रम्पले शपथग्रहण सम्बोधनमा पूर्वराष्ट्रपति लिङ्कनले प्रयोग गरेको बाइबल प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।’
ट्रम्पले शपथ ग्रहण समारोहमा ‘महान् अमेरिका’ भन्ने नारा झल्किने वातावरण हुने बताएका छन् । उनले चुनाव प्रचारका बेला यसै नारालाई प्रस्तुत गरेका थिए । त्यसका लागि उनले हजारौं व्यक्तिलाई सहभागी हुन आह्वान गरेका छन् ।
उनले ४५ औं राष्ट्रपतिका रूपमा शपथ लिनेछन् । कुनै पनि अप्रिय घटना नहओस् भनेर कडा सुरक्षा व्यवस्था गरिएको छ । निवर्तमान राष्ट्रपति बाराक ओबामाले पनि सन् २००९ र २०१३ मा पनि शपथ ग्रहया गर्दा लिङ्कनको बाइबल प्रयोग गरेका थिए । उपराष्ट्रपति माइक पेन्सले ‘द रीगन फ्यामिली बाइबल’मा हात राखेर शपथ लिनेछन् ।