पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य

पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य

काठमाडौंः पूर्वराष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।

पेटमा गडबडी र पखाला लागेपछि बिहीबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको उनका छोरा एवं सांसद डा. चन्द्रमोहन यादवले जानकारी दिए।

पूर्वराष्ट्रपति यादवको इन्डोस्कोपीलगायतको स्वास्थ्य परीक्षण गरिएको छ। विभिन्न परीक्षणपछि आएको रिपोर्ट अनुसार यादवको स्वास्थ्य सामान्य देखिएको छोरा चन्द्रमोहनले जानकारी दिए।

पूर्वराष्ट्रपति डा. यादवलाई शिक्षण अस्पतालको भीभीआईपी वार्डमा राखिएको छ। त्रिवि शिक्षण अस्पतालको ए ६०१ वार्डमा उनी बसेका छन्। यादवको स्वास्थ्य उपचारका लागि वरिष्ठ चिकित्सक शशि शर्मा, प्रेम खड्का र राहुल पाठक खटिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.