चाँगुनारायण नपालाई कांग्रेसको तीनदिने अल्टिमेटम

चाँगुनारायण नपालाई कांग्रेसको तीनदिने अल्टिमेटम

भक्तपुर : नेपाली कांग्रेस चाँगुनारायण नगर समितिले भक्तपुरको चाँगुनारायण नगरपालिकालाई आफ्नो कार्यशैली सच्याउन तथा पारदर्शी बनाउन माग गर्दै बिहीबार तीनदिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको छ ।

नगरपालिका कर्मचारीहरु दलहरुलाई उपेक्षा गरी एकतर्फी ढंगले अघि बढेको भन्दै उसले उक्त कार्यशैली तीनदिनभित्र नसच्याए कडा आन्दोलनका कार्यक्रम अघि सार्ने चेतावनी दिएको हो ।

कांग्रेस चाँगु नगर सभापति शिवहरि केसीले नपाका कार्यकारी अधिकृत लोकनाथ भुसाललाई सातबुँदे ज्ञापनपत्र बुझाउँदै उक्त चेतावनी दिएका हुन् ।
नगर सभापति केसीले आफूहरुको माग तीनदिनभित्र पूरा नभए नगरपालिकामा तालाबन्दीसँगै कार्यकारी अधिकृतलाई नपामा प्रवेश निषेध गर्ने चेतावनी दिएका छन् ।

‘नगरपालिकाका सबै कार्य राजनैतिक दलहरुको सर्वसम्मती र सहकार्यमा हुँदै आएको थियो’, उनले भने, ‘तर गएको नगर परिषद्मा हामीलाई उपेक्षा गरी नपाका कर्मचारी एकतर्फी ढंगले अगाडि बढेका छन् । यसले नगरको समग्र विकास र प्रगति प्रभावित हुन जाने देखिन्छ ।’

उनले कर्मचारीहरुको स्वेच्छाचारी र अपारदर्शी कार्यले नगरवासीले दुःख पाउने बताएका छन् ।

नपाका कार्यकारी अधिकृतलाई बुझाएको सातबुँदे ज्ञापनपत्रमा वैधानिक रुपमा पदपूर्ति समिति गठनविना कर्मचारी भर्ना गर्नु आपत्तिजनक भएको उल्लेख छ। ‘केही राजनीतिक दलको आडमा आफ्नो निहित स्वार्थ प्राप्तिका लागि नपाका कार्यकारी अधिकृतले गरेको एकलौटी निर्णयप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘हाम्रा मागहरु तीनदिनभित्र कार्यान्वयन नभएमा थप विरोधका कार्यक्रम अघि बढाइने ध्यानाकर्षण गराउन चाहन्छौं ।’

भक्तपुरका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई समेत बुझाइएको ज्ञापनमा भूकम्प पीडित नगरवासीहरुलाई सर्वसुलभ रुपमा नक्सापासको तत्काल व्यवस्था गर्न र छुट भएका भूकम्प पीडितहरुको नामावली थप गर्ने व्यवस्था गर्नसमेत माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै चाँगुनारायण नपाका कार्यकारी अधिकृत भुसालले नपामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुसँग सल्लाह गरेर अघि बढ्ने जानकारी दिएका छन् ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले स्थानीय निकाय दलीय सहमति र सहकार्यमा अघि बढिरहेकाले सोहीअनुसार नै काम कारबाही हुने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.