एडीबीको पचासौँ वर्षगाँठमा फोटो प्रदर्शनी

एडीबीको पचासौँ वर्षगाँठमा फोटो प्रदर्शनी

काठमाडौं : एसियाली विकास बैंकको स्थापनाको पचासौं वर्षगाँठको अवसरमा नेपाल आर्ट काउन्सिलमा फोटो प्रदर्शनी गरिएको छ । बिहीबारदेखि सुरु भएको फोटो प्रदर्शनी एडीबीका नेपाल प्रमुख केनिची योकोयामा र अर्थसचिव शान्तराज सुवेदीले उद्घाटन गरेका हुन्।

सन् १९६६ मा नेपालमा सुरु भएको एसियाली विकास बैंकले एसियाली मुलुकको विकासमा नाटकीय परिवर्तन ल्याएको बताइएको छ । नेपालमा पहिलो पटक सन् १९६९ मा हवाई यातायात विकासबाट सहयोग गर्न थालेको एडीबीले विभिन्न कालखण्डमा भएको चुनौतीहरूलाई पार गर्दै नेपालीको जीवनस्तर उकास्न सहयोग गरेको छ ।

६० लाख डलरबाट नेपालमा सहयोग सुरु गरेको एडीबीले पाँच सय करोड डलरको सहुलियतपूर्ण ऋण र अनुदान दिइसकेको नेपाल प्रमुख केनिचीले बताए । नेपालमा एडीबीले गर्दै आएका परियोजनाहरू कृषि, हाइड्रोपावर, शिक्षा, विद्युत् ऊर्जा, विमानस्थल निर्माण, सडक सञ्जाल, लैंगिक समानता, सामाजिक समावेशीकरणलगायतका विषयमा तयार पारिएको करिब सयवटा तस्बिर प्रदर्शनीमा राखिएका छन् ।

किरण श्रेष्ठ, विकास रौनियार, मधुप श्रेष्ठ, समिरजंग थापालगायतले खिचेका तस्बिरहरू प्रदर्शनीमा छन् । प्रदर्शनी माघ १२ सम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.