स्थानीय निर्वाचनपछि सरकार परिवर्तन: देउवा

स्थानीय निर्वाचनपछि सरकार परिवर्तन: देउवा

भरतपुरः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचनपछि सरकार परिवर्तन हुने संकेत गरेका छन्। नेपाल प्रेस युनियन चितवन शाखाले शुक्रबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा देउवाले भने,‘स्थानीय निकाय निर्वाचनपछि सरकार परिवर्तन हुन्छ। त्यसपछि बन्ने सरकारले प्रदेश र संसदको चुनाव सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्नेछ।’

राज्य पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनका केही ठाउँमा असन्तुष्टि रहेको जानकारी आफूले प्राप्त गरेको देउवाले बताए। ‘स्थानीय निकायको पुनर्संरचनाबारे दुई÷चार ठाउँबाट असन्तुष्टि आएका छन्,’ उनले भने, ‘सकेसम्म सबैलाई सन्तुष्ट बनाएर स्थानीय निकायको पुनर्संरचना गरी छिटोभन्दा छिटो स्थानीय निकाय निर्वाचन सम्पन्न गर्छौं।’

देउवाले काँग्रेसको नेतृृत्वमा संविधान कार्यान्वयन गराएरै छाड्ने बताए। ‘२००७ साल, २०४६ साल र ०६२÷६३ को जनआन्दोलन काँग्रेसकै नेतृत्वमा सम्पन्न भए,’ देउवाले भने,‘संविधान कार्यान्वयन पनि काँग्रेसकै नेतृत्वमा हुन्छ।’ स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचन सम्पन्न गरेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने उनको भनाइ थियो।

मधेसी जनताको भावनालाई ध्यानमा राखेर संसदमा संविधान संशोधनको प्रस्ताव पेश गरिएको भन्दै उनले पहाडी र मधेसीबीचमा फाटो उत्पन्न गर्ने तत्वलाई चिरेर समस्याको समाधान गरिने दाबी गरे। तत्कालिन प्रधानमन्त्री एवं काँग्रेस पार्टी सभापति सुशील कोइराला, एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जुन सहमतिमा हस्ताक्षर गरेका थिए, त्यसैलाई टेकेर संविधान संशोधन प्रस्ताव अघि सारिएको देउवाको भनाइ थियो।

‘झुटो कुरामा लागेर आन्दोलन गर्नुभन्दा संविधान संशोधन प्रस्ताव पास गराउन एमाले लाग्नुपर्छ,’ उनले भने, ‘त्यसले नै देशमा स्थायी शान्ति हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.