जनकपुर–जयनगर रेलवे रुट परिवर्तनबारे कुरा गर्छु : प्रधानमन्त्री प्रचण्ड

जनकपुर–जयनगर रेलवे रुट परिवर्तनबारे कुरा गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जयनगर–जनकपुर रेल मार्गको बिजुलपुरा, बर्दिबास खण्डको रेलवे लाइनको रुट परिवर्तनका लागि आफूले कुरा गर्ने बताएका छन् ।

धनुषा क्षेत्र नं. ७ को सर्वदलीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
‘तपाईहरुको ज्ञापन पत्र हेरें, यसभन्दा अघि पनि यस्तै ज्ञापन पत्र मेरा हातमा परेको छ,’ प्रधानमन्त्रीले भने, ‘रेलवे लाइन विस्तार गर्दा साविकका बस्ती विस्थापित हुन्छ र मुआब्जा पनि बढी लाग्छ भने त्यसको वैकल्पिक उपाय खोज्नु राम्रो हुन्छ ।’

प्रधानमन्त्रीले यस विषयमा रेलवे विभागका प्रतिनिधिसँग समेत छलफल गर्ने बताएका छन् । ‘त्यसका लागि भौतिक योजना तथा निर्माण मन्त्रालय र रेलवे विभागका प्रतिनिधिहरुलाई बोलाएर कुरा गर्छु’, प्रधानमन्त्रीले भने, ‘आवश्यक परे भारतीय रेलवे विभागसँग पनि समन्वय गरेर समस्या समाधानका लागि पहल हुनेछ ।’

भेटमा सर्वदलीय प्रतिनिधि मण्डलले जयनगर जनकपुर, बिजुलपुरा बर्दिबास खण्डको रेलवे लाइन साविककै स्थानबाट अगाडि बढ्दा ठूलो बस्ती विस्थापित हुने र राज्यलाई मुआब्जाको भार पनि बढी पर्ने भन्दै वैकल्पिक मार्गको व्यवस्थाका लागि पहल गर्न अनुरोध गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.