ह्वाइट हाउसबाट बाहिरिएपछि मिसेल वकालतमा फर्किने

एजेन्सी : आठ वर्ष लामो ह्वाइट हाउस बसाइपछि मिसेल ओबामाले आफ्नो पुरानो पेसा वकालतमा फर्किने बताएकी छन्। जब ह्वाइट हाउसबाट प्रथम लेडीहरु बाहिरिन्छन उनीहरु साच्चै नै हराउने गरेकाछन् ।
ह्वाइट हाउसबाट बाहिरिएपछि पूर्व प्रथम महिलाहरुले सार्वजनिक कार्यक्रममा उपस्थित हुने र भ्रमणमा रमाएको मात्र देख्न सकिन्छ ।
तर, मिशेल ओबामाले वकालतका साथै आफूले थालनी गरेको अभियान ‘लेट्स मुभ एन्ड रीच हाइयर’ लाई पनि अगाडि बढाउने सोचे बनाएको बताएकी छिन्।
ह्वाइट हाउसबाट शुक्रबार बाहिरिएपछि ओबामा दम्पती कान्छी छोरी सासाको स्कुल तहको अध्ययन नसकिन्जेल वासिङ्टन डीसीमा बस्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस !
