नेपालसँग सीमावर्ती राज्यमार्फत् सम्बन्ध बढाउँदै भारत

नेपालसँग सीमावर्ती राज्यमार्फत् सम्बन्ध बढाउँदै भारत

काठमाडौ : भारतले नेपालसंग सीमा जोडिएका भारतीय राज्यहरु र नेपालबीचको सम्बन्धलाई थप विस्तार गर्ने रणनीतिलाई व्यावहारिक रुपमा अघि बढाएको छ ।

उक्त रणनीति अनुसार नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, बिहार, उत्तराखण्ड, पश्चिम बंगाल र सिक्किम राज्यहरु र नेपालबीचको सम्पर्क थप सुदढ गर्ने बनाउने केन्द्रीय नीति रहेको भारतीय दूतावासका उपप्रमुख बिनय कुमारले पत्रकारलाई बताए ।

‘मोदीजी सन् २०१४ मा सत्तामा आएदेखि नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरु र नेपालबीचको सम्बन्ध थप मजबुत बढाउने नीति अघि बढेको हो । दुई देशका सीमा क्षेत्रका जनताको सम्बन्ध अझै विस्तार गर्ने नीति लिइएको उनले बताए ।

उक्त नीतिको कार्यान्वयनका लागि भारतले नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्य र नेपालबीच पहिलो चरणमा अन्तरक्रियाा गर्ने भएको छ । आगामी बर्षहरुमा बिहार, उत्तराखण्ड, पश्चिम बंगाल र सिक्किम र नेपालका सीमा क्षेत्रका जनताबीच थप अन्तरक्रिया गर्ने सम्भावना रहेको उनले बताए ।

नेपाल र भारतका सीमा क्षेत्रका जनताबीचको सांस्कृतिक, रोटिबेटी र धार्मिक सम्बन्ध अझै गहिरो बनाउन उत्तर प्रदेश महोत्सव आयोजना गर्न लागिएको भारतीय दूतावासका उपप्रमुख विनय कुमारले जानकारी दिए । महोत्सव माघ १३ र १४ गते होटल सोल्टी र अन्नपूर्णमा अलग अलग कार्यक्रमका साथ हुनेछ ।

भारतीय दूतावासका उपप्रमुख कुमारले लुम्बिनीको बारेमा मात्र नभएर जनकपुर, पोखरा र काठमाडौसँगको सांस्कृतिक, व्यापारिक र धार्मिक सम्पर्कलाई बढाउने बारेमा अब काठमाडांैमा हुन लागेको ‘उत्तर प्रदेश महोत्सव’ मा छलफल हुने जानकारी दिए । भारतीय दूतावासका अनुशार उक्त महोत्सवमा सीमापार पर्यटन प्रबर्धन गर्ने उद्देश्यले एक कार्यशाला गोष्ठी हुनेछ ।

काठमाडौस्थित भारतीय दूतावास, विपी कोइराला फाउन्डेसन, भारतीय उद्योग वाणिज्य महासंग र एसियन पेन्टस्को आयोजनामा हुन लागेको उक्त महोत्सव भारतको ६८ औँ गणतन्त्र दिवसको अवसर पारेर गर्न लागिएको दूतावास उपप्रमुख कुमारले बताए ।

माघ १३ गते उद्घाटन हुने महोत्सव अन्र्तगत भारतीय कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । दुई दिनसम्म फुड फेस्टिभल, ह्यान्डिक्राफ्ट प्रदर्शनी समेत आयोजना हुने दूतावासले जनाएको छ । महोत्सव अन्र्तगत हुने सीमापार पर्यटन सेमिनारमा भारतले मधेश संगको सम्बन्धलाई रणनीतिक हिसाबले निकै महत्वका साथ लिने गरेको छ ।

नयाँ संबिधानमा मधेशी हरुले उठाएका माग सम्बोधन हुनुपर्ने भनी भारतले राखेको अडान मधेशमा उसको रणनीतिक स्वार्थसंग मिसिएको छ । मधेशसंगको आफ्नो सम्बन्ध राजनीतिक र रणनीतिक सुरक्षाका हिसाबले महत्वपूर्ण रहेको भारतीय रणनीतिक मामिलाका जानकारहरु बताउछन् ।

मधेससँगको अन्र्तक्रिया बढाउने, भगवान् गौतम बुद्दको जन्मस्थल लुम्बिनीको विकासबाट आफूले लाभ लिने भारतीय रणनीति छ । बिशेषगरी लुम्बिनीमा उत्तश्र छिमेकी चीन र पश्चिमा शक्तिको प्रभाव रोक्ने भारतको रणनीति छ ।

भारतको स्वार्थ मिल्नेगरी लुम्बिनी क्षेत्रको विकास गर्ने भारतीय नीति छ । यसका लागि भारतले बोधगया र लुम्बिनीलगायत क्षेत्र जोडेर बुद्धिस सर्किट बनाउने नीति लिएको छ । त्यसका अतिरिक्त जनकपुर र अयोध्यालाई जोडेर रामायण सर्किट बनाउने समेत भारतको नीति छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.