स्थानीय निकायको निर्वाचन जेठमा: मन्त्री पाण्डे

स्थानीय निकायको निर्वाचन जेठमा: मन्त्री पाण्डे

गोरखा: सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचनका लागि सरकारले गृहकार्य गर्दै आएको बताएका छन्।

संविधानमा उल्लेख भएअनुसार ०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्ने भन्दै उनले आउँदो जेठसम्म स्थानीय तहको निर्वाचनसक्ने गरी सरकार तयारीमा लागेको बताए।

गोरखा तान्द्राङमा शनिवार बिहान कल्याण, राजेश सहिदस्मृति सामुदायिक भवन शिलान्यास गर्दै मन्त्री पाण्डेले ‘सहिदको सपना विकास र समृद्धि’ भएको भन्दै सहिदका सपना पूरा हुने विश्वास व्यक्त गरे।

सरकारको थुप्रै दायित्वमध्ये संविधान कार्यान्वयन, निर्वाचन र भूकम्पपछिको पुनःनिर्माण महत्वपूर्ण दायित्व रहेको उनको भनाइ छ। पुनःनिर्माणको काममा सरकार र प्रतिपक्षले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले गाउँ, बस्ती पुनःनिर्माणमा सबैको सहयोग भए मात्रै भूकम्प प्रतिरोधी संरचना निर्माण हुने बताए।

सरकारले उपलब्ध गराएको अनुदान लिएर धमाधम घर बनाउन सुरु गर्नुपर्ने भन्दै उनले पुनःनिर्माणलाई गति दिनुपर्ने बताए। अनुदान पाउनबाट छुटेका वास्तविक भूकम्पपीडितको गुनासो सम्बोधन गरी अनुदान उपलब्ध गराउने उनको भनाइ छ। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.