बोर गर्‍यौ शंकर दाइ

बोर गर्‍यौ शंकर दाइ

एक दिन त जसले पनि मर्नुपर्छ नै । मरेपछि पुगिने ठाउँ स्वर्ग हो वा नर्क– त्यसमा मलाई विश्वास छैन । तर किन हो एकपल्ट विश्वास गर्न मन लागिरहेको छ यस बेला । कुनै दिन म पनि मर्छु र त्यतै कतै तिमीलाई भेट्न पाए कति मज्जा हुन्थ्यो शंकर दाइ ⁄ कत्ति मज्जा हुन्थ्यो ।

मेची तरेपछि पोहोर पनि एकपल्ट काठमाडौं आएको थिएँ । नयाँ भाउजूलाई साथमा लिएर तिमी अम्बरजी कहाँ आएका रहेछौ । म पनि संयोगले त्यहाँ पुगेको थिएँ । केही क्षण हामीले दुःखसुखका कुराकानी साटासाट गर्‍यौं ।

तिमीले मैले लेखेका गीतहरूको प्रशंसा गर्‍यौ । तिमीले लेखन बन्द गरेका थियौ र नयाँ कुनै तिम्रो कृति पढ्न नपाएको मैले प्रशंसा गर्ने ठाउँ पाइन“ । अल्मलिएको थिएँ । तर चुकिन“ । तिम्रो वचनबद्धताको नै प्रशंसा गरे“ । शंकर दाइ ⁄ अब तिम्रो स्मृतिमा विशेषांकहरू निस्कन लागिरहेछन् । तिम्रो गुणगान खूब होला । माझिएको गद्य लेख्ने शंकर लामिछानेको सह्रनी अब होला ।

बाँचुन्जेल तिमीलाई क–कसले के–के भने त्यो मलाई थाहा छ । धेरैपल्ट म तिम्रो ज्यादै नजिक पुगेको थिएँ । अब तिमीलाई महान् गद्य लेखक बनाइन्छ । अब तिमी अमर हुन्छौ । स्वर्गैमा होस् वा नर्कमा तिमीलाई भेट्न पाए कति मज्जा हुन्थ्यो ।

भूपि बिरामी छन् । नगेन्द्र जागिरे भएछन् । म टाढा छु । तिमी झन् टाढा गयौ नआउने गरी । विचरा अम्बरजी एक्लो परे । स्वर–संगीतको संसारबाट फुत्केर यसो गफगाफ गर्न अथवा बिदाको दिन रमाइलो हुने गरी बिताउन अचेल उनलाई कति गाह्रो पर्दो हो । अम्बरले गाएको होइन, तिमीले गाएको ‘नौलाख तारा उदाए...’ हामीलाई त्यस्ता दिनहरूमा मन पथ्र्यो ।

म नाच्थे“, थसुल्ली रत्ना भाउज्यू फूलको थुंगोजस्तो भएर नाच्थिन्, नगेन्द्र र सोफिया भाउजू नाच्थे, अम्बरनी नाच्थिन्, अम्बरजी ताल दिन्थे । अब ती दिन पक्कै नआउलान् । पेंग्री गाउँको पट्टयारलाग्दो वनमा जंगली हात्तीको जगजगी बोकेर गह्रु्रँगा पाइला चाल्दै जब म एक्लै हि“डिरहेको हुन्थे“, त्यहाँ पनि हाम्रो त्यो रमाइलो भेटघाटले मलाई प्रेरित गरिरहेको हुन्थ्यो । प्रेरित गथ्र्यो तिम्रो मुस्कानले, जसमा आत्मविश्वासको एउटा सजीव छवि हुन्थ्यो— प्रेरित गथ्र्यो मलाई तिम्रो हरेश नखाने बानीले ।

एकचोटि तिमीलाई मकहाँ पुर्‍याउने धोको धोको बनेर नै रह्यो । तर मैले हरेश खान्नँ । जिन्दगीको बाँकी रहेको यात्राभरि अब त स्मृति मात्र बन्ने भयौ तिमी । टाढा पुगेको मान्छेका लागि स्मृति नै त थियो । अब स्मृति मात्र रह्यौ । तिमीले भनेका धेरैधेरै कुरा मसित छन् । तिमीले रोएका आँसुहरू पनि मसित छन् ।

मेची तरेपछि पोहोर पनि एकपल्ट काठमाडौं आएको थिएँ । नयाँ भाउजूको साथमा लिएर तिमी अम्बरजी कहाँ आएका रहेछौं । 

तिनैबाट म प्रेरणा लिन्छु शंकर दाइ ⁄कवि बन्धु अगम मर्दा मेरा एकजना आत्मीयले भनेका थिए रे, ‘मर्नुपर्ने कटुवाल तर मरेछ अगमसिंह गिरी ।’ यसपल्ट मैले आफैं भनेँ, ‘मर्नुपथ्र्यो कटुवाल... ।’ मर्न मलाई पनि रहर लागेको थियो । काठमाडौंमा एक वर्ष मर्ने ठूलो बल गरी हेरेँ । मुटु फुट्ने गरी रक्सी खाएँ । खूब मातेँ । सडकमा सुतेँ । तर, प्रत्येक बिहान ओछ्यानबाट मैले सजीव उठ्नुपर्‍यो । कस्तो काल ⁄ पटक्कै आएन । जुन निगाहले मलाई काठमाडौं ल्यायो— उही निगाहाले बचायो ।

पीर नमानी फर्केँ । लेख्न अचेल घटेको छ । शिक्षाबिना अल्मलिएका धेरै मान्छेका लागि आफूलाई बिलाइदिएको छु । त्यहाँ मेरो ठूलो खाँचो रहेछ । मलाई पाएर धेरै धेरै साथी धेरैधेरै रमाएका छन् । तिम्रो ओठको आत्मविश्वास मैले आफ्ना ओठभरि लिएको छु । केही गर्न मन लागिरहेछ । तिमी चाँडै गयौ । तिमीले गर्न बाँकी छोडेका कुराहरू पनि गर्नु छ, गराउनु छ । मभित्र बाँच्ने रहर फेरि बलियो भएर उम्रेको छ । तर ‘क्यु’ लाग्दैमा वा ‘क्यु’ छोड्दैमा फुत्किन नदिने कालदेखि को उम्कन सक्छ र ?

स्वर्ग र नर्कलाई विश्वास नगर्दा नगर्दै पनि केही क्षण विश्वास गरेर भन्छु, ‘उही भेटूँला ।’ यसपल्ट काठमाडौं आउँदा सबैलाई भेटे“, मात्र तिमीलाई भेटिनँ । बोर गर्‍यौ शंकर दाइ ।
कवि हरिभक्त कटुवालको यो निबन्ध ‘विदेह’ पत्रिकामा २०३३ मा प्रकाशित भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.