टिपरको ठक्करबाट एक जनाको मृत्यु

टिपरको ठक्करबाट एक जनाको मृत्यु

बुटवल : रुपन्देहीको देवदहमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिबार मध्याह्न टिपरको ठक्करबाट मोटरसाइकलमा सवार देवदह–४, भवानीपुर निवासी खिमबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो ।

लु १ ख ४६६१ नम्बरको टिप्परले देवदह–५ सिंगाहा भित्री सडकमा लु ६ प ४६४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका बुद्धिराज न्यौपाने घाइते भएका छन् । उनको हात कामै नलाग्ने गरी थिचिएको देवदह प्रहरी चौकी प्रमुख भक्ति पाण्डेले जानकारी दिए ।

ठक्करबाट मृत्यु भएका पुन देवदहको भवानी मावि विद्यालय व्यवस्थापन समितिका सदस्य हुन् । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । भित्री सडकमा पनि तिब्र गतिमा टिपर गुडाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.