'सुन तस्करीमा गृह र अर्थ मन्त्रालयको संलग्नता’

'सुन तस्करीमा गृह र अर्थ मन्त्रालयको संलग्नता’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेका नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन्।

रिपोर्टस क्लबले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासेठले भने,‘यो सानो तिनो माछाको काम नै होइन, तस्करीमा स्वयम् गृह र अर्थमन्त्रालयको संलग्नता रहेको छ, अरुबाट यो काम हुनै सक्दैन्।’

नेता महासेठले सुन तस्करीबारे छानबिन गर्न सरकारले स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने समेत माग गरेका छन् । ‘प्रधानमन्त्री प्रचण्डजीले सुनकाण्डबारे छानबिन गर्न सर्वोच्च अदालतका रिटार्यड न्यायाधीश वा स्वतन्त्र मानवअधिकारकर्मीको नेतृत्वमा आयोग गठन गर्नुपर्छ’, उनले भने, ‘अहिले गृहमन्त्रालयमार्फत् भइरहेको छानबिन नाटकमात्रै हो ।’

उनले संविधान संशोधन विद्येयक कुनै हालतमा पनि पनि पारित नहुने ठोकुवा गरे। ‘स्वतन्त्र सांसदसहित कांग्रेस, माओवादी केन्द्र, गच्छदारजी र कमल थापाको पार्टी जम्मा हुँदापनि यो प्रस्ताव पास हुने सम्भावना छैन,’ नेता महासेठले भने ।

उनले संविधान संशोधन विद्येयकको पक्षमा ३ सय ९८ पुग्ने सम्भावना नभएको जिकिर गरे। ‘अब जसरी पनि पुर्याउनको लागि त कि एमाले पार्टीलाई विभाजन गर्नुपर्यो, यो त संभावना नै छैन’, उनले भने, ‘सिपी मैनालीजी, चित्रबहादुरजी र नारायणमान बिजुक्छेजीलाई उता लानुपर्यो, त्यो पनि संभव छैन।’

संविधान संशोधन प्रस्ताव पारित हुनै नसक्ने बताउदै नेता महासेठले चुनावको विकल्प नरहेको बताउ । उनले सबै दल चुनावका लागि केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले एमाले पार्टीको लोकप्रियता देखेर कांग्रेसको नेतृत्वमा अहिले एमालेविरुद्ध मोर्चाबन्दी बनाउने काम भइरहेको समेत अरोप लगाए।

उनले अघि भने,‘एक्ला एक्लै दल चुनावमा गए भने एमालेले बहुमत ल्याउँछ भन्ने उनीहरुलाई लागेको छ, त्यसैले बाहिरी शक्तिको ईशारामा एमाले भर्सेस काँग्रेस–माओवादी केन्द्रको गठबन्धन बनाउने काम भैरहेको छ।’

याे पिन पढ्नुहाेस्

संविधान संशोधन प्रस्ताव कोमामा पुग्यो 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.