बसको ठक्करबाट श्रीमानको मृत्यु , श्रीमती गम्भीर घाइते

बसको ठक्करबाट श्रीमानको मृत्यु , श्रीमती गम्भीर घाइते

सुरुङगा: झापाको कनकाई नगरपालिका –१ स्थित जुके कल्भर्ट सडक खण्डमा भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ। दुर्घटनामा एक महिला गम्भीर घाइते भएकी छिन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार ना ७ ख ३८९ नम्बरको बसले मे १ ह १९ नं को ‘इ’ रिक्सालाई ठक्कर दिँदा इरिक्सा चालक कनकाई नगरपालिका– ८ निवासी ६२ वर्षीय लक्ष्मण मगरको मृत्यु भएको हो।

पूर्वबाट–पश्चिम तर्फ आउँदै गरेको इरिक्सा जुके कल्भर्टबाट उत्तर हुँदै जुमुनखाडी सीमसार क्षेत्र तर्फ मोडिदा सोही दिशातर्फ आउँदै गरेको यात्रुबाहक बसले ठक्कर दिँदा मगरको मृत्यु भएको हो। बसको ठक्करबाट सोही इरिक्सामा सवार मगरकी श्रीमती ५५ वर्षीय इन्दिर मगर गम्भीर घाइते हुनुभएको छ। उनको विर्तामोडस्थित विएन्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए।

दुर्घटनामा संलग्न दुबै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.