सम्झौता गरेको दुई महिनापछि पहिलो किस्ता

सम्झौता गरेको दुई महिनापछि पहिलो किस्ता

भक्तपुर : निजी घर निर्माण अनुदान सम्झौता गरेको दुई महिनापछि भक्तपुरका भूकम्प पीडितको खातामा पहिलो किस्ताको पचास हजार रकम गएको छ।

भक्तपुर जिल्ला विकास समितिले जिल्लाका ६ वटै नगरपालिकाका १८ हजार भूकम्प पीडितको खातामा पहिलो किस्ताको पचास हजार रुपैयाँ निकासा गरेको हो।

कोष तथा लेखा नियन्त्रण कार्यालय भक्तपुरबाट चेक प्राप्त हुनासाथै भूकम्प पीडितको खातामा रकम निकासा गरिएको स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए।

उनका अनुसार नगरपालिकामा भएको सम्झौतालाई जिल्ला विकास समितिले स्वीकृत गरेका १८ हजार २८ भूकम्प पीडितमध्ये १८ हजारको खातामा पहिलो किस्ताको पचास हजार रुपैयाँ निकास गरिएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट नै रकम निकासा हुन ढिलाइ भएकाले भक्तपुरका भूकम्प पीडितहरुलाई सम्झौता भएको दुई महिनापछि मात्रै पहिलो किस्ताको पचास हजार रुपैयाँ निकासा गर्न सकिएको उनको भनाइ छ।

स्थानीय विकास अधिकारी कोइरालाले सबैभन्दा बढी भक्तपुर नगरपालिकाका चार हजार तीनसय ४९ जनाको खातामा पहिलो किस्ताको रकम जम्मा गरिएको बताए।

त्यस्तै नगरकोट नपाका तीन हजार चार सय १२, सूर्यविनायक नपा तीन हजार तीनसय ६०, चाँगुनारायण नपाका तीन हजार तीन सय २९, अनन्तलिंगेश्वर नपाका दुई हजार ६ सय १२ र मध्यपुर थिमि नपाका नौ सय ३८ जनाको खातामा पहिलो किस्ताको रकम निकासा भएको छ।

नगरपालिका तहबाट कूल २० हजार एकसय ५० जनाले निजी आवास निर्माणको लागि सम्झौता गरे पनि शुक्रबारसम्ममा जिल्ला विकास समितिले रुजु गरेर १८ हजार २८ जना लाभग्राहीको नाउँमा पहिलो किस्ताको लागि सिफारिस गरिएको हो।

भक्तपुरमा गएको मंसिर १ गतेदेखि निजी आवास पुनर्निर्माणको लागि भूकम्प पीडितहरुसँग सम्झौता सुरु गरेको थियो। सम्झौतापछि जिल्लाका भूकम्प पीडितहरुले तोकिएको बंैकहरुमा आफ्नो नाउँको खाता खोलेका थिए।

तर सम्झौतापछि बैंकमा खाता खोलेको दुई महिना बितिसक्दा पनि पहिलो किस्ता नपाएपछि निराश देखिएका यहाँका भूकम्प पीडितहरु पहिलो किस्ताको रकम हात लागेपछि उत्साहित देखिएका छन्।

अन्य जिल्लाका भूकम्प पीडितहरुले दोस्रो किस्ताको एक लाख पचास हजार रुपैयाँ पाउन थालिसकेको अवस्थामा भक्तपुरका भूकम्प पीडितहरुले भने बल्ल पहिलो किस्ताको रकम पाउन थालेका हुन्।

भूकम्पीय पुनर्निर्माण आयोजना निजी आवास अनुदान सम्झौता कार्यक्रमअन्तर्गत भक्तपुरका २६ हजार १६ जना लाभग्राहीहरुको सूची सार्वजनिक गरिएको थियो। तर भक्तपुरका २९ हजार भूकम्प पीडितले रातो कार्ड पाएका छन्।

रातो कार्ड पाएर पनि अनुदान सम्झौताको लागि लाभग्राहीको सूचीमा नाम नपरेका ६ हजार ९६ जनाले आफ्नो गुनासो दर्ता गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.