बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक

बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक

काठमाडौंः पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

संविधान संशोधन, निर्वाचन सम्बन्धी विधेयक, स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको बैठकमा नेपाली कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरु सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री बिमलेन्द्र निधि, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा, कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले नेता भीम रावल, सुवास नेम्वाङलगायत सहभागी छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.