असुरक्षित बन्दै भक्तपुर दरबार क्षेत्रको पार्किङ

असुरक्षित बन्दै भक्तपुर दरबार क्षेत्रको पार्किङ

भक्तपुर : भक्तपुर दरबार क्षेत्रमा पार्किंग गरिने निजी गाडीहरु तोडफोड हुन थालेका छन् ।

भक्तपुर दरबार क्षेत्रमा गएको बिहीबारमात्रै अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सम्मानमा गाला डिनर भएको थियो । त्यस्तै भक्तपुर दरबार क्षेत्रमा नेपाली सेनाका जवानहरु २४ सै घन्टा तैनाथ हुन्छन् ।

सेनामात्रै नभएर महानगरीय प्रहरी प्रभागसमेत भक्तपुर दरबार क्षेत्रमै रहेको छ। महानगरीय प्रहरी परिसर र जिल्ला प्रशासन कार्यालय भक्तपुर दरबार क्षेत्रबाट करिब दुईसय मिटरको मात्रै दूरीमा छन् ।

साथै विश्व सम्पदासँगै पर्यटकीय स्थल पनि भएकाले भक्तपुर दरबार क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर सीसी टीभी क्यामेराको समेत व्यवस्था गरिएको छ ।

तैपनि भक्तपुर दरबार क्षेत्र असुरक्षित हुन थालेपछि यहाँका पर्यटन व्यवसायी एवं सर्वसाधारणहरुमा त्रास बढेको छ ।

तर प्रहरी, सेना, सीसीटीभी क्यामेराले निगरानी राख्ने दरबार क्षेत्रमै निजी गाडी तोडफोडको विषयलाई लिएर सिंगो भक्तपुरको सुरक्षामा प्रश्न चिन्ह उठाइएको छ ।

‘भक्तपुर दरबार क्षेत्र जस्तो संवेदनशील स्थान नै सुरक्षित छैन भने भक्तपुरका अन्य क्षेत्रको सुरक्षा अवस्था कस्तो होला’, भक्तपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद ताम्राकारले प्रश्न गरे ।

उनले पार्किंग गरिएको गाडीसमेत सुरक्षित नहुने दरबार क्षेत्रमा व्यापार व्यवसाय र सर्वसाधारण सुरक्षित नहुनेतर्फ चिन्ता व्यक्त गरे । शुक्रबार साँझ ताम्राकारको बा ५ च २१८० नम्बरको कारमा तोडफोड गरिएको हो । भक्तपुर दरबार क्षेत्रमा कार पार्किंग गरेर करिब आधा घन्टामा फर्किँदा कारको पछाडिको सिसा फुटाइएको पाएको उनले जानकारी दिए । उनका अनुसार इँटा प्रहार गरेर कारको सिसा फुटाइएको छ ।

उनले घटनाबारे तत्काल प्रहरीलाई जानकारी दिए पनि शनिबार अबेरसम्म केही जानकारी नआएको बताए । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक किरण राणाले घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताइन् । उनले कारमै इँटा भएकाले कसैले प्रहार गरेका हो वा होइन भन्ने एकीन गर्न विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको सुनाइन् ।

‘यसअघि पनि भक्तपुर दरबार क्षेत्रमा पार्किंग गरिएका निजी गाडीमा तोडफोड भएका छन्’, उनले भनिन्, ‘हामी घटनासम्बन्धमा अनुसन्धान गरिरहेका छौं ।’
उनले भक्तपुर दरबार क्षेत्रलगायत भक्तपुर नगरका करिब दुई दर्जन ठाउँमा सीसी टीभी जडान गरिए पनि हाल चारवटामात्रै चालू अवस्थामा रहेको जानकारी दिइन् ।

उनका अनुसार भूकम्पपछि भक्तपुर दरबार क्षेत्रको सीसी टीभी क्यामेरा चालू छैन । त्यसैले दरबार क्षेत्रका हुने कुनैपछि घटनाबारे प्रहरीलाई तत्काल जानकारी हुँदैन ।

प्रहरी उपरीक्षक राणाले दरबार क्षेत्रस्थित प्रभावले प्रत्येक आधा आधा घन्टामा गस्ती गर्ने जानकारी दिइन् । तर शुक्रबार सोही गस्तीपछि निजी गाडीमा इँटा प्रहार भएको जानकारी आएको उनले सुनाइन् ।

यसअघि भक्तपुर दरबार क्षेत्रमा पार्किंग गरिएका गाडीहरु हराउने घटना भएको थियो । दरबार क्षेत्रमा हराएका गाडीहरु भोलिपल्ट अन्यत्रै भेटिने अचम्मको घटना भएको थियो । उक्त घटनामा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीसमेत गरिसकेको छ ।

तर पछिल्लो समय पार्किंगमा राखिएका गाडीहरुमा तोडफोड हुने घटना बढेको दरबार क्षेत्रका पर्यटन व्यवसायीहरुले बताएका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.