कांग्रेस नेताको मलामी कांग्रेसै मात्र !

कांग्रेस नेताको मलामी कांग्रेसै मात्र !

फिदिम : राजनीतिक आस्थाका आधारमा कुनै पनि मौकाको फाइदा उठाउन खोज्नु नेपाली समाजका लागि नौलो कुरा होइन । तर, पछिल्लो समयमा मृत शरीरको अन्त्येष्टिमा सहभागी हुने मलामीमा पनि राजनीतिक आस्थाको भरमा सहभागी हुनेहरूको संख्या बढ्दै छ ।

नेपाली कांग्रेसका जिल्ला सदस्य पूर्णकुमार आङ्देम्बेका भिनाजु तथा चिलिङदिनका नेपाली कांग्रेसका सदस्य राजेन्द्रकुमार चेम्जोङको गत बुधबार दिउँसो फिदिमको हेवाखोलामा ल्याएर अन्त्येष्टि गरियो । उनको अन्त्येष्टिमा मलामीको संख्या कम थियो । तर, केही आफन्तबाहेक पाँचथर कांग्रेसका शीर्ष नेता र कार्यकर्ता सहभागी थिए ।

नांगिन १ खमारेका ३५ वर्षका युवक लेखनाथ मिश्रको मंगलबार हेवाखोलामै ल्याएर अन्त्येष्टि गरियो । मिश्रको अन्त्येष्टिमा मलामीको अभाव भयो । उनको अन्त्येष्टिमा जम्मा २४ जना मात्र मलामी सहभागी थिए । उनको अन्त्येष्टिमा राजनीतिक हैसियत बनाएका कुनै पनि नेता तथा कार्यकर्ता सहभागी नभएको मिश्रको मलामीमा सहभागी फिदिमका लेखक तथा समाजसेवी रामप्रकाश गुरुङले बताए ।

ठूलाबडा नेता र सम्पन्न मान्छे बस्ने भएकाले सहर स्वार्थी छ । स्वार्थी सहरका मान्छे मलामी जाँदा पनि स्वार्थ खोज्छन् ।

मिश्र र चेम्जोङको अन्त्येष्टि उदाहरण मात्र हो । कुनै पनि राजनीतिक दलका नेता तथा कार्यकर्ताको अन्त्येष्टिमा सम्बधित दलका नेता तथा कार्यकर्ता मलामीका लागि लर्को लाग्छन् । राजनीतिक हैसियत राम्रो बनाएका मान्छेको अन्त्येष्टिमा झनै भीडभाड हुन्छ । ठूलो पार्टीका ठूला नेताको धेरै मलामी हुन्छ। तर, राजनीतिक हैसियत नबनाएकाहरूको अन्त्येष्टिमा मलामीको अभाव हुने स्थिति छ।

‘लासमाथिको राजनीति भयानक बन्दै छ’, गुरुङले भने, ‘राजनीतिक हैसियत अनि हुँदा खाने र हुनेखानेबीचको अन्तर मलामीमा समेत देखिन थालेको छ ।’ राजनीतिको उच्चपदमा रहेका र आर्थिक रूपमा सम्पन्न मान्छेको मृत्यु भए मलामीको ओइरो लाग्छ । राजनीतिक आस्था नभएको र विपन्न परिवारका सदस्यको मृत्यु भए मलामी पाउनै मुस्किल बनेको छ ।

आस्थाको भरमा मलामी जानु स्वाभाविक भएको तरुण दल पाँचथरका अध्यक्ष सुमन लामा बताउँछन् । ‘आफ्नो पार्टीको मान्छेसँग धेरै नै आत्मीय भइन्छ’, उनले भने, ‘त्यसैले पनि मलामीमा आस्था जोडिएको हो ।’

जिल्लाका ग्रामीण क्षेत्रमा राजनीतिक आस्थाको भरमा मलामी जाने क्रम कमै छ । सुविधासम्पन्न सहरमा भने मलामी जान पनि आस्थाले महत्व राख्ने गरेको पाइएको छ । ‘ठूलाबडा नेता र सम्पन्न मान्छे बस्ने भएकाले सहर स्वार्थी छ’, गुरुङले भने, ‘स्वार्थी सहरका मान्छे मलामी जाँदा पनि स्वार्थ खोज्छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.