'सिनेमा हलमा चल्ला तर एमालेसँग छक्कापन्जा चल्दैन’

'सिनेमा हलमा चल्ला तर एमालेसँग छक्कापन्जा चल्दैन’

काठमाडौं : प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कसैले कुनै छक्कापन्जा गर्न नसक्ने बताएका छन् । पार्टीनिकट स्थानीय निकाय कर्मचारी संघको भेला शनिबार राजधानीमा उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘स्थानीय निकायको चुनाव कहिले हुन्छ ? तर हुन त हुन्छ, हुनैपर्छ । यस विषयमा प्रधानमन्त्रीसँग कुरा भइरहेको छ। फेरि पनि कुरा गर्छु । सिनेमा हलमा छक्कापन्जा चल्ला तर एमालेसँग कुनै छक्कापन्जा चल्दैन’, उनले भने ।

ओलीले निर्वाचन नगराएर कोही पनि त्यत्तिकै बस्न नसक्ने बताए । कर्मचारीलाई निर्वाचनका लागि तयार रहन पनि उनले निर्देशन दिए । ‘चुनाव हामी गराउँछौं । जुनसुकै बेला पनि चुनाव हुनसक्छ । तपाईंहरू तयार भएर बस्नुस्’, उनले भने । जुनसुकै तहको निर्वाचन भए पनि स्थानीय निकायका कर्मचारी त्यसमा खटिनुपर्ने भएकाले त्यसका लागि मनस्थिति बनाउन उनले निर्देशन दिए । सरकार निर्वाचन गर्ने विषयमा नभई त्यसलाई छल्ने काममा बढी केन्द्रित भएको उनको आरोप थियो ।

संविधान संशोधन प्रस्ताव कुनै हालतमा अघि बढ्न नदिने बताउँदै उनले भने, ‘देशमा एमाले छ । एमाले रहुन्जेल संविधानविपरीत काम हुन दिनेछैन । संसद्मा पेस भएको संशोधन प्रस्ताव संविधानविपरीत छ ।’

पूर्वकानुनमन्त्री अग्नि खरेलले सभामुख ओनसरी घर्तीमगर आफैंले संसद्मा दिएको रुलिङविपरीत संविधान संशोधन प्रस्ताव टेबुल गरेको बताए । ‘संसद्मा हामी सबैले उभिएर विरोध गरेका थियौं तर त्यसो हुँदाहुँदै प्रस्ताव टेबुल भयो ।

एमाले अलि भलाद्मी भयो भनेरसमेत हामीलाई आरोप लाग्यो ।’ उनले अब संसद्मा त्यसरी भलाद्मी भएर सविधानविरोधी प्रस्ताव अघि बढ्न नदिने बताए । संसद्मा आउनै नमिल्ने प्रस्ताव पासफेलका कुरासम्म पुग्न नहुने उनले जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.