अमेरिकी राष्ट्रपति ट्रम्पको प्रार्थना सभामा हिन्दु पुजारी

अमेरिकी राष्ट्रपति ट्रम्पको प्रार्थना सभामा हिन्दु पुजारी

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय प्रार्थना सभामा प्रार्थना गर्ने कैयौं धार्मिक नेतामा एकजना हिन्दू पुजारी पनि सामेल गरिएका छन्। शनिबार उक्त प्रार्थना सभा आयोजना गरिएको थियो ।

मेरिल्यान्डको लनहममा श्री शिवविष्णु मन्दिका नारायणाचार्य एल दिगालाकोटालाई समारोहमा आमन्त्रण गरिएको थियो । राष्ट्रपतिको प्रार्थना सभामा पहिलोपटक हिन्दु पुजारीलाई आमन्त्रण गरिएको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

पदको शपथ ग्रहण गरेलगत्तै ट्रम्पले ओबामाकेयर घटाउने विधेयकमा हस्ताक्षर गरेका छन् । करदातामाथि अनावश्यक व्ययभार बढेको भन्दै ट्रम्पले राष्ट्रपतिको चुनाव प्रचारका क्रममा ओबामाकेयर योजना अनावश्यक भएको बताउँदै आएका थिए । ओबामाले सुरु गरेको सस्तो स्वास्थ्य सेवा ओबामा केयरको कानुनमा यसबाट केही प्रभाव पर्नेछ ।

राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सम्बन्धित विभागलाई एउटा पत्र पनि पठाएको छ । पत्रमा ओबामा केयरमाथि तत्काल रोक लगाउन आदेश दिइएको छ । हस्ताक्षर गरेपछि उनले सञ्चारकर्मीलाई भने, ‘निकै व्यस्त, गजब र शानदार दिन रह्यो ।’ रिपब्लिकन पार्टी ओबामाले अघि सारेको कदमको सधैं विपक्षमा थियो । ओबामाकेयरको साटो अरू कुनै कानुन ल्याउनुपर्ने उसको माग छ । ट्रम्पले आफ्ना मतदातासमक्ष आफू राष्ट्रपति बनेमा कानुन संशोधन गर्ने वचन दिएका थिए । उक्त कानुन फिर्ता लिन भनेर अमेरिकी सिनेटमा ६० भन्दा बढी पटक मतदान भइसकेको छ । ओबामाले हस्ताक्षर नगरेका कारण विधेयक फिर्ता लिन सकिएको थिएन ।

यसका साथै ट्रम्पको शपथ ग्रहणपछि ह्वाइट हाउसको वेबसाइटमा जलवायु परिवर्तनसम्बन्धी योजना पनि हटाएको छ । पूर्वराष्ट्रपति ओबामाका यी दुई महत्वपूर्ण कदमलाई नयाँ राष्ट्रपतिले परिवर्तन गरेका छन् । अमेरिकी जनतालाई राम्रो स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको उक्त कदमलाई सन् २०१० को मार्च २३ तारिखमा कानुन बनाइएको थियो । यो एक किसिमको स्वास्थ्य बिमा कानुन हो ।

यसैगरी उनले संसारभर फैलिएको इस्लामिक आतंकवाद ध्वस्त गर्न आह्वान गरेका छन् । ट्रम्पले भने, ‘पुरानो गठबन्धनलाई मजबुत बनाउनेछौं । आवश्यक नायँ संगठन बनाउनेछौं । संसारको शक्ति एकजुट भएर आतंकवाद निर्मूल गर्नेछौं ।’ उनले ओबामा प्रशासनले इस्लाम आतंक भनेर उच्चारण पनि नगरेको चनेर आलोचना गर्दै आएका छन् । उनले संयुक्त राज्य अमेरिकालाई सबै देशसँग सुमधुर सम्बन्ध राखे पनि अमेरिकीे स्वार्थलाई प्राथमिकतामा राखिने स्पष्ट पारे । उनले अमेरिकालाई संसारमा अझै महान् बनाइने पनि बताए ।

उनले अमेरिकी नागरिकबाट खोसिएको रोजगार फिर्ता ल्याइने पनि बताएका छन् । यसैगरी सीमा सुरक्षाको पनि उनले चर्चा गरे । उनले अमेरिकी भूमिभन्दा बाहिर उत्पादन गर्ने अमेरिकी कम्पनीलाई अमेरिका फर्कन आह्वान गरिने स्पष्ट पारे । अन्यथा त्यस्ता कम्पनीमाथि ठूलो कर लगाइने उनको धारणा थियो । उनले भने, ‘हामी अर्काको देशको सेनालाई अनुदान दिन्छौं जब कि हाम्रै सेना पीडित छ । हामी आफ्नो सीमाको सुरक्षा गर्नुको साटो अरू देशको सीमा जोगाउन खटिन्छौं । अमेरिकी पूर्वाधार ध्वस्त भइरहेको छ, हामी अर्काको देशमा हामीले अर्बौं डलर खर्च गरेका छौं ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.