नेता शिलान्यास गर्दै : कार्यकर्ता भत्काउँदै

नेता शिलान्यास गर्दै : कार्यकर्ता भत्काउँदै

गाईघाट : कांग्रेस नेताले तीनपटकसम्म शिलान्यास गरेको पुल स्थानीयले भत्काएपछि पुल निर्माण अनिश्चित बनेको छ । गुणस्तरहीन काम भएको भन्दै जिल्लाको पूर्वीगाविस रामपुर ठोक्सिलाको गिदेरी खोलाको निर्माणाधीन पुल स्थानीयले भत्काएपछि निर्माण अनिश्चित बनेको हो ।

कांग्रेसका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नं १ का सांसद डा. नारायण खड्काले २०७० सालमा शिलान्यास गरेको पुल स्थानीयले नै गुणस्तरहीन भएको भन्दै भत्काएका हुन् । २०७४ साल असारमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको पुलमा ठेकेदार कम्पनीले कमसल गिट्टी, बालुवा र सिमेन्ट प्रयोग गरेकाले निर्माण रोक्नुपरेको कांग्रेस गाउँ पार्टी सभापति सुशील सेढाईंले बताए । हातले कोट्याउँदासमेत पुल भत्किने गरेको स्थानीयको भनाइ छ । डिभिजन सडक कार्यालय लहानका प्रमुख र मुख्य ठेकेदार नआई काम गर्न नदिने उनले बताए ।

पहिलो संविधानसभाको चुनावताका २०६४ सालमा पहिलोपटक खड्काले उक्त पुलको शिलान्यास गरेका थिए । त्यसैगरी २०६९ सालमा पुलको योजना परेपछि दोस्रोपटक र २०७० सालमा तेस्रोपटक शिलान्यास गरेका थिए ।

डा. नारायण खड्काले २०६४ मा पहिलोपटक, २०६९ मा दोस्रोपटक र २०७० सालमा तेस्रोपटक पुलको शिलान्यास गरेका थिए ।

आफूले शिलान्यास गरेको आफ्नो निर्वाचन क्षेत्रको पुल ३ वर्ष बितिसक्दासमेत नबन्नुमा नेता खड्का नै दोषी रहेको गाविसका पूर्वअध्यक्ष दुर्गाकुमार थापाले बताए । डिभिजन सडक कार्यालय लहानका प्रतिनिधि र ठेकेदारलाई निर्माणस्थलमै लगेर कांग्रेस, एमाले, माओवादी केन्द्र र संघीय समाजवादी पार्टीका स्थानीय प्रतिनिधिले पुल निर्माण स्थानीयको सरोकार रहेकाले गुणस्तरयुक्त काम हुनुपर्ने माग गर्दै रोकेका हुन् ।

पप्पु÷मृत सञ्जीवनी जेभी बानेश्वरले १४ करोड रुपैयाँ लागतमा निर्माण सम्झौता गरेको उक्त पुल मधेस आन्दोलनलगायत कारणले ढिलाइ भएको सडक डिभिजन कार्यालय लहानका इन्जिनियर शोभितलाल ठाकुरले बताए ।

‘ढिलो हुनुको एउटा कारण नाकाबन्दी हो’, उनले भने, ‘तर ठेकेदारले चासो नदिएका कारण पनि पुल निर्माणमा ढिलाइ भएको हो ।’ स्थानीयले पुलको पिलरको फाउन्डेसनमा प्रयोग भएको गिट्टी, बालुवा कमसल भएकाले त्यो हटाउन माग गरेका छन् ।

आगामी ६ महिनाभित्र निर्माण हुने पुलको हाल १० प्रतिशत मात्र कार्य भएको स्थानीयको भनाइ छ । सातवटा आरसीसी पिलर रहेको उक्त पुलमा ६ वटा स्पाम रहने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.