मोटरसाइकल जरायोसँग ठोक्किदा चालकको मृत्यु

मोटरसाइकल जरायोसँग ठोक्किदा चालकको मृत्यु

बर्दिया : पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जरायोसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कैलालीबाट बर्दियाको भुरिगाउँ आउँदै गरेको से ३ प १०९५ नम्बरको मोटरसाइकल राजमार्गमा बाटो पार गर्दै गरेको पोथी जरायोसँग ठोक्किदा टीकापुर नगरपालिका ९ निवासी ४२ बर्षीय बिष्णुभक्त रावतको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरिक्षक प्रेम क्षेत्रीका अनुसार मोटरसाइकलले ठक्कर दिएको जरायो समेत मरेको छ । निकुञ्ज क्षेत्रभित्र राजमार्गमा सवारी साधनको अधिकतम गतिले र्दुघटना हुने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।

दुर्घटनामा पोेथी जरायोको मृत्यु भएको हो । एक महिना अघि सोही क्षेत्रमा बसले ठक्कर दिँदा लोपोन्मुख पाटेबाघको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.