पूर्वमन्त्री प्रधानको निधन

पूर्वमन्त्री प्रधानको निधन

परासीः पूर्वमन्त्री मदनबहादुर प्रधानको शनिवार राति निधन भएको छ । प्रधानको उपचारका क्रममा काठमाडौंस्थित निदान अस्पतालमा निधन भएको छ ।

नवलपरासीको रामग्राम नगरपालिका-१२ कसिया निवासी ८३ वर्षका प्रधान लामो समयदेखि मुटु र मृगौला रोगबाट पीडित थिए । उनी २०३४ भदौ २७ गते किर्तिनिधि विष्टको मन्त्री मण्डलमा शिक्षा सहायक मन्त्रीको रुपमा रहेका थिए भने जनमत संग्रह गराउने दायित्वसहित २०३६ जेठ १८ गते गठित सूर्यबहादुर थापाको मन्त्रीमण्डलमा खाद्य तथा कृषि सहायक मन्त्री थिए ।

२०३६ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा मनोनित भएका प्रधान २०३९ भदौ १ गते रणधीर सुब्बाको अधयक्षतामा गठित पाँच सदस्यिय शाही उच्च शिक्षा आयोगको सदस्यसमेत रहेका थिए ।

प्रधान पञ्चायति व्यवस्थामा नवलपरासी जिल्ला विकास समितिको सभापति बनेका थिए । उनका चार छोरी र दुई छोरा छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.