सिप्रदीको नयाँ डिलर पोखरामा
काठमाडौं: सिप्रदी ट्रेडिङ प्रालिले पोखरामा टाटा पेसेन्जर भेहिकलको नयाँ डिलरका रूपमा गण्डकी ट्रेड हाउसलाई नियुक्त गरेको छ । कार्यक्रममा कम्पनीका जनरल म्यानेजर प्रवीण खतिवडाले नयाँ डिलरलाई आफ्नो कम्पनीको बृहत नेटवर्कमा स्वागत गरेका छन् ।
त्यस्तै गण्डकी ट्रेड हाउसका प्रोप्राइटर, पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजका भूतपूर्व अध्यक्ष, नेपाल अटोमोबाइल डिलर्स एसोसियसनका भूतपूर्व उपाध्यक्ष तथा नेपाल-रसिया चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज गण्डकीका वर्तमान अध्यक्ष, बिन्दुकुमार थापाले पनि सिप्रदी जस्तो प्रतिष्ठित कम्पनीसँग आवद्ध भएर काम गर्न पाउँदा उत्साहित भएको बताए ।
सिप्रदी ट्रेडिङ प्रालि भारतको प्रख्यात गाडी निर्माता कम्पनी टाटा मोटर्स लिमिटेडको नेपालका लागि आधिकारिक बिक्रेता हो । कम्पनीले पेसेन्जर भेहिकलअन्तर्गत टाटा मोटर्सको प्रमुख मल्टी युटिलिटी भेहिकल, सुमो गोल्ड, कम्प्याक्ट सेडान वर्गमा उत्कृष्ट जेस्ट, नेपालको पहिलो मल्टी ड्राइभ ह्याच बोल्ट, लियोनेल मेस्सी आफैंले प्रचार गरिरहेको टाटाको स्टाइलिस उत्पादन टियागो र २५ केएमपीएल प्रदान गर्ने इन्डिका जस्ता गाडीको व्यापार गर्दै आएको छ ।