गोयनकाका इलेक्ट्रोनिक्स उत्पादन बजारमा

गोयनकाका इलेक्ट्रोनिक्स उत्पादन बजारमा

काठमाडौं: विगत तीन दशकअघिदेखि रूपन्देहीबाट खाद्यान्न तथा निर्माण सामग्री उत्पादन गर्दै आइरहेको गोयनका ग्रुपले बजारमा इलेक्ट्रोनिक्स सामानको व्यापार सुरु गरेको छ । आफ्नो बजारलाई विस्तार गर्नेक्रममा ग्रुपले इलेक्ट्रोनिक्स सामग्री लिएर बजारमा प्रवेश गरेको हो ।

उपभोक्तालाई कम मूल्यमा गुणस्तरीय इलेक्ट्रोनिक्स सामग्री उपलब्ध गराउने उद्देश्यकासाथ गोयनका ब्रान्डले भारत तथा चीनमा उत्पादित अन्तर्राष्ट्रिय स्तरका इलेक्ट्रोनिक्स सामग्री नेपाल भित्र्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका उत्पादन बजारमा उपलब्ध अन्य उत्पादनको तुलनामा सुलभ मूल्यसहित उच्च गुणस्तरका भएकाले उपभोक्ताले मनपराउने कम्पनीको विश्वास छ । नेपाली बजारलाई मध्यनजर गर्दै हाल विभिन्न मोडेलमा रेफ्रिजेरेटर, वासिङ मेसिन, मिक्चर ग्राइन्डर, टेबल पंखा, सिलिङ पंखा, वाल पंखा, स्ट्यान्ड फ्यान, म्युजिक उफर, केट्ली तथा आइरन उपलब्ध हुने कम्पनीले जनाएको छ ।

गोयनका ब्रान्डले निकट भविष्यमा एलईडी टेलिभिजन, एसी, कुलर तथा डिप फ्रिज पनि नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले आफ्ना इलेक्ट्रोनिक्स सामग्रीमा न्यूनतम एक वर्षको वारेन्टीसहित देशका मुख्य सहरमा आफ्नै सर्भिस सेन्टरमार्फत बिक्रीपछिको सेवा प्रदान गर्नेछ ।

कम्पनीले भारतको सूर्या ब्रान्डका पंखा तथा एपलाइन्सका साथै सेलो ब्रान्डका एयर कुलर पनि नेपाल भित्र्याएको छ । सूर्या ब्रान्डका टेबल पंखा, वाल पंखा, स्ट्यान्ड फ्यान, सिलिङ फ्यान, मिक्चर ग्राइन्डर, रुम हिटर तथा आइरन बजारमा ल्याएको छ । भारतको प्रतिष्ठित सेलो ब्रान्डका विभिन्न मोडेलका एयर कुलर पनि नेपाली बजारमा भित्र्याएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.