राकुरा ब्रान्डका नयाँ प्रोडक्ट सार्वजनिक

राकुरा ब्रान्डका नयाँ प्रोडक्ट सार्वजनिक

काठमाडौं: हिमाल चिया उद्योगले राकुरा ब्रान्डका नयाँ चिया सार्वजनिक गरेको छ । उद्योगले एकैपटक ८ प्रकारका चिया नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले 'राकुरा २.०' सार्वजनिक गरेको हो । कम्पनीले उच्च गुणस्तर र नयाँ स्वादमा चिया सार्वजनिक गरेको जनाएको छ ।

यी उत्पादन विशेष गरी अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी सार्वजनिक गरिएको हो । कम्पनीले हिमालयन अर्गानिक ग्रिन टि साइट्रस फ्रुट, केमोमाइल, पेपरमिन्ट चिया, ब्ल्याक पिच, अर्गानिक अर्ल ग्रे, अर्गानिक लाइट ग्रिन र इंलिस ब्रेक फास्ट तथा अर्गानिक ग्रिन टि बजारमा ल्याएको हो ।

चिया शुद्ध अर्गानिक भएको कम्पनीका प्रबन्ध निर्देशक निराज राठीले बताए । उनकाअनुसार स्वास्थ्यका दृष्टीले पनि चिया निकै उत्कृष्ट छ । उनकाअनुसार राकुराका उत्पादन सबैतिर रुचाइएको छ । कम्पनीले अहिलेसम्म २२ किसिमका चिया ल्याइसकेको छ । सार्वजनिक गरिएका चिया काठमाडौंमा सयभन्दा बढी डिपार्टमेन्टल स्टोरबाट बिक्री सुरु भएको छ । यी चियाको मूल्य प्रतिप्याकेट एक सयदेखि १६० रुपैयाँ मात्रै रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.