नाडाको वर्कसप सम्पन्न
काठमाडौं: नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा वर्कसप सम्पन्न भएको छ । 'इनह्यानसिङ ट्याक्स स्किल' विषयमा नाडाले एकदिने तालिम आयोजना गरेको हो । शुक्रबार नाडाका निमित्त अध्यक्ष शम्भुप्रसाद दाहालको सभापतित्वमा यो कार्यक्रम सम्पन्न भएको थियो ।
नाडाले यस्ता तालिम विगतमा पनि गर्दै आएको जनाएको छ । उक्त तालिममा कूल ८१ फर्मका सदस्यले सहभागिता जनाएका छन् । कार्यक्रममा भन्सार विभागका निर्देशक लावन्यकुमार ढकाल, आन्तरिक राजस्व विभागका निर्देशक राजकुमार खतिवडा तथा सीए साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नाडाका निमित्त अध्यक्ष दाहालले सहभागीलाई आज हुने कार्यक्रमको हरहिसाब आजै गर्न आग्रह गरे । अटोमोबाइल खुद्रा व्यवसायीले भोग्नु परिरहेका समस्यामा केन्द्रित रहेर तालिमको आयोजना गरिएको नाडाका उपाध्यक्ष देबकाजी श्रेष्ठले बताए । उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोबाइल व्यवसायी लाभान्वित भएको नाडाले जनाएको छ ।