ट्याक्सीमा प्रिन्टर अप्रभावकारी

ट्याक्सीमा प्रिन्टर अप्रभावकारी

काठमाडौं: सरकारले मंसिर २३ गतेबाट लागू गरेको ट्याक्सी बिलिङ मिटर जडान कार्यमै प्रश्न चिह्न खडा भएको छ। सरकारी निकायको फितालो कार्यशैली र व्यवसायीको दादागिरीकै कारण बिलिङ मिटर जडानको काम प्रभावकारी हुन नसकेको हो।

सरकारले ट्याक्सी लटको अन्त्य गर्न भन्दै बिलिङ मिटर सहितको प्रिन्टर जडान सरको डेढ महिना भइसकेको छ। सरकारले मंसिर २३ गतेबाट बिलिङ मिटर जडान सरू गरेको थियो। तर, यस अवधिमा १३ सय भन्दा बढी ट्याक्सीमा बिलिङ मिटर जडान हुनु पर्ने भएपनि ३ सय २३ वटामा भन्दा बिलिङ मिटर जडान भएको छैन्। यात्रुसँग आफूखुसी मनोमानी भाडा असुल्न पल्केको ट्याक्सी चालक सरकारको फितालो काम गर्ने प्रवृतिकै कारण बिलिङ मिटर सहितको प्रिन्टर जडानमा अटेर गरिरहेका छन्।

नियम लागू गर्ने निकायले नै बिलिङ मिटर जडान नगर्ने ट्याक्सी चालक तथा मालिक लागि हने कारबाही तथा दण्ड सजायको कनै कानन ल्याउन नसक्दा बिलिङ मिटर जडान कार्य नै प्रभावकारी हुन नसकेको हो।

प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डले भदौ २३ गते छ महिना भित्र देशभरका सडकमा गड्ने ट्याक्सीमा बिलिङ मिटर जडान गर्ने दिएको निर्देशन विना तयारी हतारमा लागू गर्न खोज्दा बिलिङ मिटर जडान कार्यले तीब्रता लिन सकेको छैन्।


ट्याक्सी चालक 'अहिल्यै बिलिङ मिटर जडान किन गर्ने ' भनेर अटेर गरिरहेका छन्।

प्रधानमन्त्री दाहालको निर्देशन पालना गर्नेकै लागि गणस्तर तथा नापतौल विभागले मंसिर २३ गतेबाट बाग्मती अञ्चल यातायात कार्यालयका दर्ता भएका ट्याक्सीमा बिलिङ मिटर सहितको प्रिन्टर जडान सुरु गर्ने निर्णय गरेको हो।

विभागले नियमको लागू गरेपनि बिलिङ मिटर जडानमा नआउने ट्याक्सी चालक तथा मालिकलाई कुनै कारबाहीको व्यवस्था गरेको छैन। तीन साताको समयमा १६ वटा ट्याक्सीले मात्र आफ्नो ट्याक्सीमा बिलिङ मिटर जोड्न विभागको ट्याक्सी तथा टेम्पो एकाइमा निवेदन दिएका छन्। नियम कडाईका साथ लागू गर्नका विकल्प व्यवसायीलाई नै सर्पोट हुने गरी काम गर्दा अहिले व्यवसायीले अटेर गर्ने मौका पाएका हुन्।

तीन सातापछि पुस १७ गतेबाट भने विभागले पुन: सातामा पाँच सय ट्याक्सीमा बिलिङ मिटरसहितको प्रिन्टर जडान गर्ने गरी २७ सातै तालिका प्रकाशन गर्दै आगामी साउन ७ गते भित्र बाग्मतीमा दर्ता भएका सबै ट्याक्सीमा बिलिङ मिटर जडान गरिसक्ने आलोपालो नियम लगाएको छ।

तालिका प्रकाशन गरे पनि आफ्नो पालोमा नआउने ट्याक्सीलाई के कारबाही गर्ने भन्‍ने विषयमा भने विभागले कुनै निर्णय गरेको छैन। त्यति मात्रै नभई बिलिङ मिटर सहतिको जडान गर्न आफ्नो पालोमा विभागको ट्याक्सी तथा टेम्पो एकाएमा नआउने ट्याक्सीको अनगमन समेत गर्न सकेको छैन।

यस विषयमा विभागका कर्मचारी एक महिना 'पर्ख र हेर' को अवस्थामा काम गरिरहेको बताउँछन्। नियामक निकायले नियम नमान्नेलाई कारबाही नगर्ने भएपछि ट्ययाक्सी चालक तथा मालिक कार्यालयका जानै छाडेका छन्। ट्याक्सी चालक अहिले बिलिङ मिटर जडान किन गर्ने पछि कारबाही गर्ने भए गरौला' भनेर अटेर गरिरहेका छन्।

यता, गुणस्तर तथा नापतौलको कानुनले पनि वर्ष भरी ठगी गरेपनि बढीमा प्रतिकसुर एक हजार रूपैयाँ भन्दा बढी जरिबाना गर्न सक्ने कानुन छैन। व्यवसायीले एक हजार तिर्न परे तिर्ने तर बिलिङ मिटरसहितको प्रिन्टर मेसिन जडानमा नजाने भन्दै खुलेआम अटेर गरेर बसिरहेका छन्।

फितालो नियमकै कारण डेढ महिनासम्म तीन सय २३ वटा ट्याक्सीमा मात्र विलिङ मिटर जडान भएको एकाइका प्रमुख विकास ध्वन्जुले जानकारी दिए। अहिले पछिल्लो सयममा ट्याकसी चालक बिलिङ मिटर सहितको प्रिन्टर जडान गर्न आउने उनको भनाई छ।

अहिलेसम्म बाग्मती अञ्चल कार्यालयमा दर्ता भएका बा २ ज २००० देखि बा २ ज ३२०० सम्मको नम्बर प्लेटका ट्याक्सीमा बिलिङ मिटर सहितको प्रिन्टर मेसिन जडान हुनुपर्ने हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.