सिप्रदीको नयाँ डिलर पोखरामा
काठमाडौं: सिप्रदी ट्रेडिङ्ग प्रालिले पोखरामा टाटा पेसेन्जर सवारीहरुको लागि आफ्नो नयाँ डिलरको रुपमा गण्डकी ट्रेड हाउसलाई नियुक्त गरेको छ।
यसअघि काठमाडौंमा सम्पन्न गरिएको एक कार्यक्रममा दुवै पक्षले उक्त विषय अन्तर्गतको सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
कार्यक्रममा कम्पनीका जनरल म्यानेजर प्रवीण खतिवडाले नयाँ डिलरलाई आफ्नो कम्पनीको बृहत नेटवर्कमा स्वागत गरेका थिए। गण्डकी ट्रेड हाउसका प्रोपाइटर बिन्दु कुमार थापाले सिप्रदी जस्तो प्रतिष्ठित कम्पनीसँग आवद्ध भएर काम गर्दा आफूहरु खुशी एवं उत्साहित भएको बताए। उनले सिप्रदी ट्रेडिङ्ग प्रालि भारतको प्रख्यात गाडी निर्माता कम्पनी टाटा मोटर्स लिमिटेडको आधिकारिक बिक्रेता भएकाले काम गर्न आफू निक्कै उत्सुक रहेको बताए।
उनी पोखरा चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्टिजका भूतपूर्व अध्यक्ष, नेपाल अटोमोबाइल डिलर्स एशोसियशनका भूतपूर्व उपाध्यक्ष तथा नेपाल रसिया चेम्बर अफ कमर्सका अध्यक्ष समेत हुन्।
पेसेन्जर भेहिकल अन्तर्गत टाटा मोटर्स्को प्रमुख आकर्षणहरुमा बजारको प्रमुख मल्टी यूटीलिटी गाडी, सुमो गोल्ड, कम्प्याक्ट सेडान वर्गमा बजारमा उत्कृष्ट जेस्ट, नेपालको पहिलो मल्टी ड्राइभ ह्याच बोल्ट, लायोनेल मेस्सीले आफैं प्रचार गरिरहेका टाटाको स्टाइलिस उत्पादन टियागो र २५ के.एम.पि.एल. प्रदान गर्ने इन्डिका खरिद विक्रि गर्दै आएको छ।