बागमती किनारका विरुवा उखेल्नेलाई कारबाही गर्न मुख्य सचिवको निर्देशन
काठमाडौं : बागमती किनारका विरुवा उखेल्नेलाई कारबाही गर्न मुख्य सचिव डा. सोमलाल सुवेदीले निर्देशन दिएका छन्।
बागमती किनारमा रोपिएका विरुवा उखेलीएको भन्दै पूर्व मुख्य सचिव एवम् चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले बेइजिङबाट मुख्य सचिव डा.सुवेदीलाई लेखेको पत्रप्रति ध्यानकर्षण भएको जनाउदै सुवेदीले यस्तो निर्देशन दिएका हुन् ।
मुख्य सचिव सुवेदीले शहरी विकास मन्त्रालयका सचिवलाई आइतबार पत्र काटेर लीलामणिको पत्रबारे ध्यानाकर्षण भएको बताएका हुन् । सुवेदीले बागमती किनारका विरुवा उखेलिएको विषयको याथार्थ तीन दिनभित्र छानबिन गरेर जानकारी गराउन समेत माग गरेका छन् ।
पत्रमा तीन वर्षअघि बागमती नदीको किनारमा रोपिएका विरुवा उखेलिको विषयमा तीन दिनभित्र सत्यता के हो जानकारी गराउन माग गरिएको छ ।
‘तीन दिनभित्र सत्यतथ्य के हो ? छानविन गर्न र कुनै व्यक्ति निकाय दोषी देखिए एक्त व्यक्ति र निकायलाई जिम्मेवारी पदाधिकारीलाई कानुन बमोजिम कारबाही गरी सोको जानकारी मलाई गराउनु हुन सुशासन ऐन, २०६४ को दफा १० को उपदफा २ ख बमोजिम निर्देशन गर्दछु,’ मुख्य सचिवको पत्रमा भनिएको छ ।