मलद्वारमा लुकाएर ब्राउन सुगर बोक्ने युवा पक्राउ
नेपालगन्ज : मलद्वारमा लागु औषध ब्राउन सुगर लुकाएर ल्याउदै गरेको अवस्थामा एक युवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाहाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा टीकापुर ९ नयाँबस्ती, कैलालीका २१ वर्षीय अमुल सिंहलाई आइतबार ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट चार ग्राम ब्राउन सुगर बरामद गरेको छ । आइतबार बेलुका सीमावर्ती बजार रुपैडिहाबाट नेपालगन्ज तर्फ आउदै गर्दा जमुनाहा चेक प्वाइन्टबाट सिंह पक्राउ परेका हुन् ।
सिंहले मलद्वारमा ब्राउन सुगर लुकाएर बोकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।