भारतमा एक नेपाली मजदुरको मृत्यु
बैतडी : दुर्गास्थान गाविसका ३७ बर्षीय दशरथ वडको भारतको नयाँ दिल्लीमा मृत्यु भएको छ । नयाँ दिल्लीस्थित एक अपार्टमेन्टमा वेटरको रुपमा काम गर्दै आएका वडको शनिबार राति मृत्यु भएको हो ।
शनिबार राति कोठामा सुतेको र आइतबार बिहानै मृत अवस्थामा फेला परेको मृतकका आफन्त बैतडी सिद्धेश्वरका धनिराम बिकले नयाँ दिल्लीबाट जानकारी दिए ।
मृतक वड बिगत केही बर्षदेखि भारतमा काम गर्दै आएका थिए । प्रवासी नेपालीको सहयोगमा वडको पोष्टमार्टम पछि दिल्लीमै दाहासंस्कार गरिएको छ ।