बिमस्टेक उच्च अधिकारीको बैठक हुँदै

बिमस्टेक उच्च अधिकारीको बैठक हुँदै

काठमाडौं: एसियाली क्षेत्रीय संगठन बे अफ बंगाल इनिसिएटिभ फर मल्टिसेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन (बिमस्टेक) को 'सिनियर अफिसियल्स मिटिङ' (एसओम) फेब्रुअरी ५, ६ र ७ मा काठमाडौंमा आयोजना हुने भएको छ ।

परराष्ट्र सचिवस्तरीय बिमस्टेक 'सिनियर अफिसियल्स मिटिङ' काठमाडौंमा हुन लागेको हो । बैठकका लागि तयारी अघि बढेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त बैठकले बिमस्टेकको शिखर सम्मेलनको मितिबारे टुंगो लगाउने सम्भावना रहेको अधिकारीहरूले बताए । बिमस्टेकका महासचिव सुमिथ नकान्दालाले आइतबार यस सम्बन्धमा परराष्ट्रसचिव शंकरदास बैरागीसँग भेटी परामर्श गरेका छन् । उनले बिमस्टेकको शिखर सम्मेलन तयारीबारे समेत जिज्ञासा राखेका थिए । अहिले नेपाल बिमस्टेकको अध्यक्ष देश हो ।

नेपालले सन् २०१७ भित्र बिमस्टेक शिखर सम्मेलन आयोजना गर्ने घोषणा यसअघि नै गरिसकेको छ । सरकारले शिखर सम्मेलन सन् २०१६ मै गर्ने योजना बनाए पनि भूकम्प र भारतीय नाकाबन्दीका कारण उक्त योजना पछि धकेलिएको थियो । परराष्ट्र सचिव बैरागीले बिमस्टेकको सिनियर अफिसियल्यस मिटिङ, बिमस्टेकको शिखर सम्मेलन तयारी र बिमस्टेकको सचिवालय, बजेटलगायत विषयमा कुराकानी भएको बताए ।

बिमस्टेकको शिखर सम्मेलन लामो समयदेखि हुनसकेको छैन । शनिबार नेपाल आएका नाकाबन्दला सोमबार फर्किंदैछन् । यसअघि बिमस्टेकका सरकार प्रमुखको आउटरिच सम्मेलन भारतको गोवामा गत अक्टोबरमा भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.