मदिरा प्रतिबन्धको समर्थनमा हजारौं किलोमिटर लामो जुलुस

मदिरा प्रतिबन्धको समर्थनमा हजारौं किलोमिटर लामो जुलुस

पटना: भारतको विहार राज्यमा मदिरा प्रतिबन्धको समर्थनमा शनिबार २ करोडभन्दा बढी व्यक्तिले ११ हजार किलोमिटर लामो मानव साङ्लो बनाएका छन्।

उक्त कार्यक्रममा विहारका मुख्यमन्त्री नीतीश कुमार, पूर्व मुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका अध्यक्ष लालु यादवलगायत उच्चपदस्थ अधिकारी पनि सहभागी थिए। विहार राज्यलाई मदिरामुक्त बनाऔं भन्दै ११ हजार किलोमिटर लामो मानव शृंखला बनाइएको हो।

यसै अवसरमा मुख्‍यमन्त्री नीतीश कुमारले विहारका मानिस मदिरामुक्त राज्यको पक्षमा रहेको पुष्टि भएको दाबी गरे। उनले भने, 'करोडौं मानिस एक ठाउँमा जम्मा भएका छन्। यसबाट थाहा हुन्छ कि यहाँका जनता मदिरा प्रतिबन्ध र नोटबन्दीको पक्षमा छन्।' मानव साङ्लो बनाएर यसको समर्थन गरेको भन्दै उनले आभार व्यक्त गरे।

राज्य सरकारले पाँच घण्टासम्म राजमार्ग बन्द गरेको थियो। उक्त मानव साङलो गान्धी मैदानबाट स्थानीय समयअनुसार दिउँसो १२.१५ सुरु भएको थियो। विभिन्न ठाउँमा सत्तारुढ भारतीय जनता पार्टीका नेताहरू पनि सहभागी थिए। विहारका मुख्यमन्त्री अञ्जनीकुमार सिंहले ११ हजार किलोमिटर लामो क्षेत्रमा फैलिएको उक्त शृंखलामा दुई करोडभन्दा बढी सहभागी भएको बताए। यो विश्वकै सर्वाधिक मानिस सहभागी भएको घटना भएको उनको भनाइ थियो।

उनले मदिरामुक्त विहार बनाउने उद्देश्यले आयोजना गरिएको मानव शृंखलामा ४५ मिनेटसम्म सहभागीले एकापसमा हात समाएर प्रतिबद्धता व्यक्त गरेका थिए। उक्त कार्यक्रममा २ करोड ११ लाख व्यक्ति सहभागी भएको अनुमान त्यहाँका सञ्चारमाध्यमले गरेका छन्।

मानव शृंखलाको फोटो खिच्न तीनवटा स्याटेलाइट र ४० वटा ड्रोन प्रयोग गरिएको थियो। तीनवटा स्याटेलाइटमध्ये दुईवटा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)का प्रयोग गरिएका थिए। यसका साथै चारवटा हेलिकोप्टर र प्रत्येक जिल्लामा ड्रोनमार्फत भिडियो लिइएको थियो।

यो अभियानबाट भारतको विहार राज्यमा मात्र नभई सिंगै देशभर मदिरामुक्त सन्देश दिन सफल भएको आयोजकको भनाइ छ। उक्त अभियानमा विहार राज्यमा सक्रिय सबै राजनीतिक दल एकजुट भएका थिए। विहार सरकारले सन् २०१६ को अप्रिल ५ तारिखदेखि राज्यमा मदिरामाथि प्रतिबन्ध लगाएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.