पानीलाई पटक-पटक उमाल्‍नु घातक !

पानीलाई पटक-पटक उमाल्‍नु घातक !


काठमाडौं: पानी मानव जीवनको लागि नभइ नहुने अति आवश्यक तत्व हो। मानिसको शरीरमा पानीको मात्रा करीब ६० प्रतिशत हुन्छ। पानीलाई उमालेर खानु राम्रो मानिन्छ तर स्वास्थ्यको दृष्टिकोणले यसलाई धेरै उमाल्नु हानिकारक छ। यसकारण पानीलाई धेरै उमाले के के हानी पुर्‍याउँछ?

पानीको गुण घट्छ
पानीलाई बढी उमालेमा जुन तत्वले बनेको यसको गुण स्वत: घट्छ र स्वास्थ्यमा हानी पुर्‍याउन सक्छ।

केमिकल रियाक्सन
पानीलाई पटक पटक उमालेमा रसायनिक प्रक्रिया भएर नाइट्रेट एक प्रकारको टक्सिनमा रुपान्तरण हुन्छ। जसले मानव शरीरमा क्यान्सरको खतरा बढाउँछ।

आर्सेनिक इन्टक्सिकेशन

पानीलाई धेरै बेरसम्म उमालेमा आर्सेनिक इन्टक्सिकेशन अर्थात घातक तत्वहरुको मात्रा बढेर जान्छ। यही घातक तत्वहरुले मानिसलाई क्यान्सर, मुटुको रोग निम्त्याउछ भने महिला तथा पुरुष प्रजनन क्षमतामा ह्रास ल्याउँछ।

पचाउन गाह्रो
धेरै बेरसम्म उमालेको पानी शरीरलाई पचाउन धेरै गाह्रो हुन्छ। यसले पेटसँगसम्बन्धित रोगहरु समेत निम्त्याउछ।

दिमागको रोग बढ्‍ने खतरा
यसका साथै धेरै उमाल्‍नाले पानीमा रहेको फ्लोराइडको मात्रा बढेर जान्छ। फलस्वरुप मानिसलाई दिमागको बिरामी हुने सम्भावना बढी हुन्छ। यसकारण बालबालिकालाई पटक पटक उमालेको पानी नखुवाउँदा नै बेस हुन्छ।

कति उमाल्दा उपयुक्त ?

पानीलाई उमाल्‍नै परेमा मात्र एक पटक उमाल्नुस्। प्रयोग गर्नुभन्दा पहिले २० मिनेटसम्म उमाल्‍नुस। यसपछि सफा भाडोमा राखेर सेलाएर खादा शरीरका लागि उपयुक्त हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.