गाम्बियाको राष्ट्रपति भवन अन्तर्राष्ट्रिय सेनाको नियन्त्रणमा

गाम्बियाको राष्ट्रपति भवन अन्तर्राष्ट्रिय सेनाको नियन्त्रणमा

बन्जुल: पश्चिम अफ्रिकी क्षेत्रीय सेनाको फौजले गाम्बियाको राजधानी बन्जुलमा रहेको राष्ट्रपति भवन नियन्त्रणमा लिएको छ।

पराजित भएपछि पनि पद त्याग्न अस्वीकार गर्दै आउनुभएका निवर्तमान राष्ट्रपति याह्या जामेहले देश छोडेको भोलिपल्ट नै आइतबार अन्तर्राष्ट्रिय सेनाले राष्ट्रपति भवन नियन्त्रणमा लिएको हो।

पश्चिमी अफ्रिकी मुलुकहरुको आर्थिक समूह (इकोवास)ले पठाएको सेनालाई राष्ट्रपति भवन नियन्त्रणमा लिन सुरुमा केही गाह्रो भएको थियो।

राष्ट्रपति भवनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका उच्चअधिकारी र अन्तर्राष्ट्रिय सेनाका प्रमुखका बीचमा केही घन्टा वार्ता भएको थियो। “यहाँ केही समस्या छैन। हामी शान्ति चहान्छौँ। शान्ति नै राम्रो कुरा हो,” वार्ता चलिरहेका बेला राष्ट्रपति भवनमा सुरक्षाका लागि खटिएका गाम्बियाका एक सुरक्षाकर्मीले भने।

निवर्तमान राष्ट्रपति जम्मेह राजधानी बन्जुलबाट आफ्ना सरसामान, झोलीतुम्बासहित शनिबार राति नै गिनीको राजधानीतर्फ निर्वासनका लागि पलायन हुनुभएको थियो ।

जाँदाजाँदै निवर्तमान राष्ट्रपति जामेहले निजी झोलीतुम्बा भन्दै कडा सुरक्षाका बीच थुप्रै ट्रकमा टनाटन सरसामान पनि ओसारी साथमै लैजान भ्याउनुभएको छ ।

गाम्बियामा सत्ता हस्तान्तरण सम्बन्धमा धेरै दिनसम्मको उतार–चढाव, खिचातानी र झन्डै सुरु हुन लागेको रक्तपातपूर्ण विद्रोहपश्चात् पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको मध्यस्थतामा निवर्तमान राष्ट्रपति जामेहले अन्ततोगत्वा सत्ता त्याग गर्नुभएको हो।

पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनका प्रतिनिधिसँगको अन्तिम वार्ता र छलफलपछि गत शनिबार बेलुकी उहाँले सत्ता परित्याग गर्ने घोषणा गरे।

निर्वासनमा जानुभन्दा केही समय अघि उहाँले गाम्बियाको सबै राजनीतिक समस्या शान्तिपूर्ण ढङ्गले सुल्झाउन सघाउने वचनबद्धता व्यक्त गरेको र यस क्रममा एक थोपा पनि रक्तपात आवश्यक नभएको बताएको जनाइएको छ।

चारैतर्फबाट यसको विरोध भएको र पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको दबाबपछि उहाँले देशमा देखावटी निर्वाचनको प्रणाली बसाल्नुभएको थियो । तर गत डिसेम्बरको राष्ट्रपतीय निर्वाचनमा प्रतिपक्षी दलका उम्मेदवार आडमा ब्यारोको अप्रत्याशित विजयबाट उनी तर्सिएका थिए।

राष्ट्रपति जामेह सन् १९९४ को जुलाई महिनामा भएको रक्तपातपूर्ण सैनिक विद्रोहको माध्यमबाट शक्ति हातमा लिई जबर्जस्ती गाम्बियाको शासन सत्तामा आएका थिउ। रासस/एपी/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.