धामीझाँक्रीको होइन अब डाक्टरको पछि लाग्नुस्ः भट्टराई

धामीझाँक्रीको होइन अब डाक्टरको पछि लाग्नुस्ः भट्टराई

बनेपाः नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले केही पुराना राजनीतिक धामीझाँक्रीले गलत भ्रम र विचार फैलाएर देशलाई विखण्डन र अराजकतातर्फ धकेल्न खोजेको आरोप लगाएका छन्। ‘मधेस अलग्याउने, संविधान कार्यन्वयन र संशोधन रोक्न पुराना राजनीतिक झाँक्री लागिपरेका छन्,‘उनले भने,‘त्यसैले आधुनिक विचारधारा र भिजन भएका डाक्टरको पछि लाग्नुस्।’

सोमबार काभ्रेको बनेपामा राष्ट्रिय युवा अभियानको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन र संशोधनविरुद्ध चलखेल गरेर देशमा विखण्डन निम्त्याउन खोजिएको आरोप लगाए। भट्टराईले भने,‘हिजोको विचार प्रयाप्त छैन। हावा र काल्पनिक कुराले अब मुलुकको विकास र समृद्धि हुँदैन। भिजन र लक्ष्य आवश्यक छ।’

उनले पुराना शक्ति गणतन्त्र र लोकतन्त्रका पक्षमा नरहेको भन्दै पुरानै इतिहास दोहोर्‍याउन खोजिरहेको आरोप लगाए। उनले अहिले जातीयताका कुरा उठाएर मुलुकलाई द्वन्द्वमा धकेल्ने षड्यन्त्र भइरहेको बताए। भट्टराईले भावना र जातीयतालाई गलत प्रयोग गरेर नभइ समय अनकुल आफुलाई परिवर्तन गर्न नेताहरुलाई आग्रह गरे। ‘गतिशील विचार र दुरदर्शी डाक्टरी राजनीतिमा लाग्नुस्,’उनले भने।

‘संविधान संशोधन र तराई मधेसको मागप्रति सरकार र राजनीतिक नेता समयमै सचेत र गम्भीर नभए देशले ठूलो मूल्य चुकाउनु पर्छ,’ उनले भने। ‘मधेसमा सिके राउत प्रवृति बढ्दै गएको छ। संविधान संशोधन नभए सिके राउत प्रवृतिको हावी हुन सक्छ,‘उनले भने,‘त्यसैले छिटो संशोधन गरेर असन्तुष्ट पक्षको माग सम्बोधन गर्नुपर्छ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.